मैवाखोला गाउँपालिकाका पहिरो पीडितलाई ग्यास सिलिण्डर र चुल्हो वितरण



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित परिवारलाई खाना पकाउने ग्यास सिलिण्डर र चुल्हो वितरण गरिएको छ । दाउराको विकल्पमा प्रयोग गर्नेगरी मैवाखोला गाउँपालिका–४ साँघु ओदक टोलसहितका पहिरो पीडित ६५ परिवारलाई ग्यास सिलिण्डर र चुल्हो वितरण गरिएको हो ।

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमकाअनुसार गोर्खा वेल्फेयर ट्रस्टले ग्यास सिलिण्डर र चुल्होसहितका सामग्री बिहीबार पीडित परिवारलाई वितरण गरेको हो । अध्यक्ष वनेमकाअनुसार भान्सा कोठामा दाउराको प्रयोग गर्दै आइरहेका पहिरो पीडित परिवारलाई सहयोग गर्न गाउँपालिकाले ट्रस्टसमक्ष आग्रह गरेको थियो ।

गाउँपालिकाको आग्रहअनुसार गोर्खा वेल्फेयर ट्रस्टले प्रतिपरिवार एकसेट ग्यास सिलिण्डर र चुल्हो लगायतका सामग्री उपलब्ध गराएको वनेमले जानकारी दिनुभयो । उहाँकाअनुसार ग्यास सिलिण्डर, चुल्हो सेटबाहेक अन्य प्रेसर कुकर, थाल, बटुकालगायतका भाँडावर्तनका सामग्री पीडित परिवारलाई वितरण गरिएको छ ।

ट्रस्टका प्रतिनिधिको उपस्थितिमा पहिरो पीडित परिवारलाई ग्यास चुल्हो सेटसहितका सामग्रीहरु वितरण गरिएको हो ।

प्रकाशित मिति : 6:20 am

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर