मैवाखोला गाउँपालिकाका पहिरो पीडितलाई ग्यास सिलिण्डर र चुल्हो वितरण



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित परिवारलाई खाना पकाउने ग्यास सिलिण्डर र चुल्हो वितरण गरिएको छ । दाउराको विकल्पमा प्रयोग गर्नेगरी मैवाखोला गाउँपालिका–४ साँघु ओदक टोलसहितका पहिरो पीडित ६५ परिवारलाई ग्यास सिलिण्डर र चुल्हो वितरण गरिएको हो ।

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमकाअनुसार गोर्खा वेल्फेयर ट्रस्टले ग्यास सिलिण्डर र चुल्होसहितका सामग्री बिहीबार पीडित परिवारलाई वितरण गरेको हो । अध्यक्ष वनेमकाअनुसार भान्सा कोठामा दाउराको प्रयोग गर्दै आइरहेका पहिरो पीडित परिवारलाई सहयोग गर्न गाउँपालिकाले ट्रस्टसमक्ष आग्रह गरेको थियो ।

गाउँपालिकाको आग्रहअनुसार गोर्खा वेल्फेयर ट्रस्टले प्रतिपरिवार एकसेट ग्यास सिलिण्डर र चुल्हो लगायतका सामग्री उपलब्ध गराएको वनेमले जानकारी दिनुभयो । उहाँकाअनुसार ग्यास सिलिण्डर, चुल्हो सेटबाहेक अन्य प्रेसर कुकर, थाल, बटुकालगायतका भाँडावर्तनका सामग्री पीडित परिवारलाई वितरण गरिएको छ ।

ट्रस्टका प्रतिनिधिको उपस्थितिमा पहिरो पीडित परिवारलाई ग्यास चुल्हो सेटसहितका सामग्रीहरु वितरण गरिएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार ०६:२०

साढे तीन महिनापछि सुकेटार विमानस्थलमा शनिबारबाट उडान हुँदै

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान

मेरिङ्देन सडक खण्डमा बन्द गरिएको मालबाहक सवारी साधन सञ्चालनमा आयो

ताप्लेजुङ। गत चैत ६ गते देखि मेरिङ्देन सडक खण्डमा बन्द

आठराई त्रिवेणी गाउँपालिकाले दियो ज्येष्ठ नागरिकलाई दन्त उपहार

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाले ५९ जना ज्येष्ठ नागरिकलाई निःशुल्क

मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको

प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा हाङबाङ 

ताप्लेजुङ । प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा प्रजिन हाङबाङ