ताप्लेजुङमा शिक्षकद्वारा १३ वर्षीया छात्रा बलात्कृत



ताप्लेजुङ– ताप्लेजुङमा बिद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

जिल्लाको सिदिङबा गाउँपालिका ६ मेहेलको निलगिरी माद्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई करणी गरेको अभियोग शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा सप्तरी जिल्लाको महादेव गाउँपालिका २ का लक्ष्मी प्रसाद शाह रहेका छन् । शाह विगत २ वर्ष अघि देखि सो विद्यालयमा कार्यरत थिए । उनी बिज्ञान विषयमा शिक्षक हुन् ।

शिक्षक शाहलाई कक्षा ९ मा अध्ययरत १३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा गत भदौ २८ गते साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरी नायव उपरीक्षक लिम्बूले जानकारी दिनुभयो । बालिकाको स्वास्थ्य अबस्था सामान्य रहेको प्रहरी भनाई छ ।

प्रकाशित मिति : 4:38 am

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा

ताप्लेजुङमा आँखा शिविर : अइतबार सम्ममा १३३ जना भेटिए मोतियाबिन्दुका बिरामी

ताप्लेजुङ, मंसिर १ गते । ताप्लेजुङमा सञ्चालित शल्यक्रिया सहितको निःशुल्क