ताप्लेजुङमा शिक्षकद्वारा १३ वर्षीया छात्रा बलात्कृत



ताप्लेजुङ– ताप्लेजुङमा बिद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

जिल्लाको सिदिङबा गाउँपालिका ६ मेहेलको निलगिरी माद्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई करणी गरेको अभियोग शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा सप्तरी जिल्लाको महादेव गाउँपालिका २ का लक्ष्मी प्रसाद शाह रहेका छन् । शाह विगत २ वर्ष अघि देखि सो विद्यालयमा कार्यरत थिए । उनी बिज्ञान विषयमा शिक्षक हुन् ।

शिक्षक शाहलाई कक्षा ९ मा अध्ययरत १३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा गत भदौ २८ गते साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरी नायव उपरीक्षक लिम्बूले जानकारी दिनुभयो । बालिकाको स्वास्थ्य अबस्था सामान्य रहेको प्रहरी भनाई छ ।

प्रकाशित मिति : 4:38 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी