मोरङलाई पराजित गर्दै सुनसरीले ताप्लेजुङ गोल्ड कपको फाईनलमा स्थान पक्का गर्यो



ताप्लेजुङ – जुट बिकास फुटबल एकेडेमी ईटहरी, सुनसरी ताप्लेजुङमा जारी प्रथम ताप्लेजुङ गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । 

सोमबार सम्पन्न भएको पहिलो सेमिफाईनल खेलमा पथरी ११ फुटबल क्लब मोरङलाई ट्राईबेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सुनसरी फाईनलमा प्रवेश गरेको हो । निर्धारित समयावधिमा दुवै टीमले कुनैपनि गोल गर्न नसकेपछि खेलको नतिजा ट्राईबेकरबाट प्राप्त भएको हो । सुनसरीले फाईनलमा अब भोलि हुने रेडहर्ष फुटबल क्लब ईलाम र रेडस्टार फुटबल क्बल बिर्तामोड झापाबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित खेलको फाईनल भदौ २० गते हुदैछ । 

प्रतियोगिताको विजेताले ३ लाख ११ हजार १ सय ११ रुपैँया प्राप्त गर्दा उपविजेताले भने १ लाख ५१ हजार १ सय ११ रुपैँयामा चित्त बुझाउनेछ । दुवैटीमलाई ट्रफी, मेडल र प्रमाण पत्रको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : 3:25 pm

ताप्लेजुङमा नयाँ  ‘त्रिवेणी फिडर’ सञ्चालनमा आयो

ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङको हिटी सबस्टेसनबाट नयाँ ‘त्रिवेणी

निङमा छ्योखोरलिङ बौद्ध गुम्बा निर्माणमा जुटे स्थानीय 

ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित निङमा छ्योखोरलिङ

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)