मोरङलाई पराजित गर्दै सुनसरीले ताप्लेजुङ गोल्ड कपको फाईनलमा स्थान पक्का गर्यो



ताप्लेजुङ – जुट बिकास फुटबल एकेडेमी ईटहरी, सुनसरी ताप्लेजुङमा जारी प्रथम ताप्लेजुङ गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । 

सोमबार सम्पन्न भएको पहिलो सेमिफाईनल खेलमा पथरी ११ फुटबल क्लब मोरङलाई ट्राईबेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सुनसरी फाईनलमा प्रवेश गरेको हो । निर्धारित समयावधिमा दुवै टीमले कुनैपनि गोल गर्न नसकेपछि खेलको नतिजा ट्राईबेकरबाट प्राप्त भएको हो । सुनसरीले फाईनलमा अब भोलि हुने रेडहर्ष फुटबल क्लब ईलाम र रेडस्टार फुटबल क्बल बिर्तामोड झापाबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित खेलको फाईनल भदौ २० गते हुदैछ । 

प्रतियोगिताको विजेताले ३ लाख ११ हजार १ सय ११ रुपैँया प्राप्त गर्दा उपविजेताले भने १ लाख ५१ हजार १ सय ११ रुपैँयामा चित्त बुझाउनेछ । दुवैटीमलाई ट्रफी, मेडल र प्रमाण पत्रको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : 3:25 pm

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो