ताप्लेजुङ गोल्ड कप : विदेशी क्लबलाई पाखा लगाउँदै झापा सेमिफाइनलमा प्रवेश



ताप्लेजुङ – फुङलिङमा जारी ताप्लेजुङ गोल्डकपको अन्तिम क्वाटरफाइनलबाट रेडस्टार फुटबल क्लव विर्तामोड झापा विजयी भएको छ । 


युनाईटेड खर्साङ फुटबल क्लव दार्जिलिङ भारतलाई १–० गोलअन्तरले पराजित गर्दै झापाले सेमिफाईनलको यात्रा सुरक्षित गरेको हो । अब सेमिफाइनलमा झापाले रेडहर्स फुटबल क्बल ईलामसँग भदौ १९ गते फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछ । नाईजेरियन खेलाडी जोन ग्लोरीले खेलको १२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सोमबार हुने पहिलो सेमिफाईनल खेलमा जुटविकास फुटबल एकेडेमी ईटहरी र पथरी ११ फुटबल क्लव भिड्ने छन् । जुटविकासले ताप्लेजुङको मानाभरा स्पोर्टिङ क्लवलाई पराजित गरेको हो भने पथरीले फिदिम स्पोर्टिङ क्लवलाई हराउँदै सेमिफाईनलको यात्रा तय गरेको हो । 

प्रतियोगिताको फाइनल खेल भदौ २० गते हुनेछ । विजेता र उपविजेताले क्रमश नगद ३ लाख ११ हजार र १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पाउने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । 

प्रकाशित मिति : 1:56 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी