ताप्लेजुङ गोल्ड कप : विदेशी क्लबलाई पाखा लगाउँदै झापा सेमिफाइनलमा प्रवेश



ताप्लेजुङ – फुङलिङमा जारी ताप्लेजुङ गोल्डकपको अन्तिम क्वाटरफाइनलबाट रेडस्टार फुटबल क्लव विर्तामोड झापा विजयी भएको छ । 


युनाईटेड खर्साङ फुटबल क्लव दार्जिलिङ भारतलाई १–० गोलअन्तरले पराजित गर्दै झापाले सेमिफाईनलको यात्रा सुरक्षित गरेको हो । अब सेमिफाइनलमा झापाले रेडहर्स फुटबल क्बल ईलामसँग भदौ १९ गते फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछ । नाईजेरियन खेलाडी जोन ग्लोरीले खेलको १२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सोमबार हुने पहिलो सेमिफाईनल खेलमा जुटविकास फुटबल एकेडेमी ईटहरी र पथरी ११ फुटबल क्लव भिड्ने छन् । जुटविकासले ताप्लेजुङको मानाभरा स्पोर्टिङ क्लवलाई पराजित गरेको हो भने पथरीले फिदिम स्पोर्टिङ क्लवलाई हराउँदै सेमिफाईनलको यात्रा तय गरेको हो । 

प्रतियोगिताको फाइनल खेल भदौ २० गते हुनेछ । विजेता र उपविजेताले क्रमश नगद ३ लाख ११ हजार र १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पाउने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । 

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार १३:५६

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ