मोरङ ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश 



ताप्लेजुङ । ताप्लेजुङमा जारी प्रथम ताप्लेजुङ गोल्डकप अन्तर्गत आजको तेश्रो खेलमा पथरी ११ फुटबल क्लब मोरङ विजयी भएको छ । लाखे जात्राको अवसरमा आयोजित खेलमा फिदिम स्पोर्टिङ क्बल पाँचथरलाई २–० गोलअन्तरले पराजित गर्दै मोरङले सेमिफाइनलको यात्रा तय गरेको हो । 

अब सेमिफाइनलमा आजको विजेता मोरङले जुट विकास फुटबल एकेडेमी इटहरी, सुनसरी सँग फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्ने छ । दुई टिमबीचको खेल आगामी भदौ १८ गते हुने भएको छ । 

पथरीका दीपक राईले खेलको ३८औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाउनु भएको थियो । उहाँले लङ रेञ्ज बल प्रहार गरेर जाली चुमाउनु भएको हो । 

यस्तै खेलको ४६औँ मिनेटमा पथरीकै निरज परियारले अर्को गोल गर्नु भएको थियो । कर्णबाट साइमन लिम्बूले प्रहार गरे गर्नु भएको क्रस बललाई हेडिङमार्फत परियारले सुन्दर फिनिसिङ गर्नु भएको हो ।

यस्तै आजको खेलमा म्यान अफ दि म्याच पनि निरज नै बन्नु भएको छ । उहाँले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नु भएको छ । प्रतियोगिताको भोलि हुने अन्तिम क्वाटर फाइनल खेलमा रेडस्टार फुटबल क्बल बिर्तामोड झापा र युनाइटेड खर्साङ एफ।सि। दार्जिलिङ भारतबीच प्रतिष्पर्धा हुदैछ । दुई टीम बीचको विजेताले सेमिफाइनलमा रेडहर्ष फुटबल क्बल इलामसँग प्रतिष्पर्धा गर्नेछ । 

वि.सं. २०२९ सालदेखि लाखे जात्राको अवसरमा निरन्तर खेल सञ्चालन भएपनि विगत ३ वर्ष भने स्थगित भएको थियो । २ वर्ष कोरोना सङ्क्रमणका कारण र १ वर्ष खेलमैदान अभावका कारण खेल सञ्चालन गर्न नसकिएको आयोजकको भनाई रहेको छ ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमश नगद रु तीन लाख ११ हजार एक सय ११ र एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

लाखे जात्रा सँगैको खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको खोजी गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाइराख्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रकाशित मिति : 1:48 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी