प्रथम खुकुरी कप फुटबल प्रतियोगिता हुँदै 



 माल्टा । प्रथम खुकुरी कप फुटबल प्रतियोगिता हुने भएको छ । वडा दशैँको अवसर पारी खुकुरी फुटबल क्लब, माल्टाको आयोजनामा आउँदो अक्टोबर २१ र २२ तारिखका दिन प्रथम खुकुरी कप फुटबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरूका लागि अक्टोबर २१ तारिखसम्म टिम दर्ता खुला गरिएको छ । साथै टिम दर्ता शुल्क ३५१ युरो तोकिएको खेल संयोजक सुमन चेम्जोङ लिम्बूले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित २५०० युरो हात पार्नेछ भने उपविजेताले १५०० युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यो सँगै विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना हुने बताइएको छ ।

माल्टामा बसोबास गर्ने नेपालीहरूको एक आपसमा सम्बन्ध सुमधुर होस भन्ने हेतु साथै आफ्नो चाड पर्वको सम्मानका लागि उक्त कार्यक्रमको आयोजना गरिएको सुमन चेम्जोङ लिम्बूले बताउँनु भएको छ । 

प्रकाशित मिति : 2:33 pm

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो