प्रथम खुकुरी कप फुटबल प्रतियोगिता हुँदै 



 माल्टा । प्रथम खुकुरी कप फुटबल प्रतियोगिता हुने भएको छ । वडा दशैँको अवसर पारी खुकुरी फुटबल क्लब, माल्टाको आयोजनामा आउँदो अक्टोबर २१ र २२ तारिखका दिन प्रथम खुकुरी कप फुटबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरूका लागि अक्टोबर २१ तारिखसम्म टिम दर्ता खुला गरिएको छ । साथै टिम दर्ता शुल्क ३५१ युरो तोकिएको खेल संयोजक सुमन चेम्जोङ लिम्बूले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित २५०० युरो हात पार्नेछ भने उपविजेताले १५०० युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यो सँगै विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना हुने बताइएको छ ।

माल्टामा बसोबास गर्ने नेपालीहरूको एक आपसमा सम्बन्ध सुमधुर होस भन्ने हेतु साथै आफ्नो चाड पर्वको सम्मानका लागि उक्त कार्यक्रमको आयोजना गरिएको सुमन चेम्जोङ लिम्बूले बताउँनु भएको छ । 

प्रकाशित मिति : 2:33 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर