कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत



कोशी । कोशी प्रदेशका मुख्यमन्त्री उद्धप थापाले विस्वासको मत पाउनुभएको छ । सभाका अध्यक्षता गरिरहनुभएका इसराइल मन्सुरीले समेत मत दिएपछि ४७ मत सहित उहाँले विश्वासको मत पाउनुभएको हो ।

विपक्षमा ३० मत प्राप्त भएको छ । ९३ जनाको प्रदेश सभामा आज ७७ जना उपस्थित थिए । थापालाई विश्वासको मत पाउनुबाट रोक्न विपक्षी गठबन्धन एमाले र राप्रपाले उपसभामुख सिर्जना दनुवार सहित नौ जना प्रदेश सभा सदस्यलाई अनुपस्थित गराएको थियो ।

एमाले र राप्रपाले उपसभामुख दनुवार अनुपस्थित हुँदा ज्येष्ठताको क्रम अनुसार सभाको अध्यक्षता गर्नुपर्ने आफ्ना आठ जना सांसदहरुलाई अनुपस्थित गराएको हो । उनीहरुले हिजै विभिन्न कारण देखाउँदै अनुुपस्थित हुने सूचना प्रदेश सभा सचिवालयलाई गराएका थिए ।

उपसभामुख दनुवार पनि आज बिरामी भएको भन्दै सभा सञ्चालनको जिम्मेवारी मन्सुरीलाई दिएर काठमाण्डौतर्फ लाग्नुभएको हो । विपक्षी दलहरुले उपसभामुखसहित ठूलो संख्यामा सांसदहरुलाई अनुपस्थित गराएपछि सत्ता गठबन्धनले सभाको अध्यक्षता गरिरहेका व्यक्तिलाई नै मत दिन लगाएको हो ।

मतदानअघि बैठकमा सत्तापक्षका सांसदहरुले सरकार निर्माणको क्रममा सभाअध्यक्षले मत दिनु संविधान अनुसार नै भएको दाबी गरे । विपक्षी दलहरुले भने अध्यक्षता गरेको व्यक्तिले संविधान विपरीत मतदान नगर्न चेतावनी दिएका थिए ।

अध्यक्षता गरिरहनुभएका मन्सुरीले मतदान गर्ने बेलामा पनि विपक्षी दलहरुले विरोध गरेका छन् । उनीहरुले संविधान मिच्न पाइँदैन भन्दै नाराबाजीसमेत गरे ।

प्रकाशित मिति : 12:41 pm

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान