कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत



कोशी । कोशी प्रदेशका मुख्यमन्त्री उद्धप थापाले विस्वासको मत पाउनुभएको छ । सभाका अध्यक्षता गरिरहनुभएका इसराइल मन्सुरीले समेत मत दिएपछि ४७ मत सहित उहाँले विश्वासको मत पाउनुभएको हो ।

विपक्षमा ३० मत प्राप्त भएको छ । ९३ जनाको प्रदेश सभामा आज ७७ जना उपस्थित थिए । थापालाई विश्वासको मत पाउनुबाट रोक्न विपक्षी गठबन्धन एमाले र राप्रपाले उपसभामुख सिर्जना दनुवार सहित नौ जना प्रदेश सभा सदस्यलाई अनुपस्थित गराएको थियो ।

एमाले र राप्रपाले उपसभामुख दनुवार अनुपस्थित हुँदा ज्येष्ठताको क्रम अनुसार सभाको अध्यक्षता गर्नुपर्ने आफ्ना आठ जना सांसदहरुलाई अनुपस्थित गराएको हो । उनीहरुले हिजै विभिन्न कारण देखाउँदै अनुुपस्थित हुने सूचना प्रदेश सभा सचिवालयलाई गराएका थिए ।

उपसभामुख दनुवार पनि आज बिरामी भएको भन्दै सभा सञ्चालनको जिम्मेवारी मन्सुरीलाई दिएर काठमाण्डौतर्फ लाग्नुभएको हो । विपक्षी दलहरुले उपसभामुखसहित ठूलो संख्यामा सांसदहरुलाई अनुपस्थित गराएपछि सत्ता गठबन्धनले सभाको अध्यक्षता गरिरहेका व्यक्तिलाई नै मत दिन लगाएको हो ।

मतदानअघि बैठकमा सत्तापक्षका सांसदहरुले सरकार निर्माणको क्रममा सभाअध्यक्षले मत दिनु संविधान अनुसार नै भएको दाबी गरे । विपक्षी दलहरुले भने अध्यक्षता गरेको व्यक्तिले संविधान विपरीत मतदान नगर्न चेतावनी दिएका थिए ।

अध्यक्षता गरिरहनुभएका मन्सुरीले मतदान गर्ने बेलामा पनि विपक्षी दलहरुले विरोध गरेका छन् । उनीहरुले संविधान मिच्न पाइँदैन भन्दै नाराबाजीसमेत गरे ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार १२:४१

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको २ लाख १२ हजार

ताप्लेजुङ, भदौ २२ गते । सुनचाँदीको भाउमा आज नयाँ रेकर्ड

फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानद्धारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, भदौ २२ गते । फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानले क्यान्सर पीडितलाई

साहित्यकार योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ विमोचन कार्यक्रम सम्पन्न

साहित्यकार मनु योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ विमोचन कार्यक्रम सम्पन्न

निजामती सेवा दिवसमा हाजिरी जवाफ प्रतियोगिता, पाथीभरा याङवरक गाउँपालिका प्रथम

ताप्लेजुङ, भदौ २१ गते । ताप्लेजुङमा निजामती सेवा दिवसको अवसरमा

मन्त्र ब्याण्ड ताप्लेजुङ आउने

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङमा मन्त्र ब्याण्ड आउने भएको