सिरिजङ्गा वडा नं १ को भवन उद्घाटन



ताप्लेजुङ । सिरिजङ्गा गाउँपालिकाको वडा नं. १ सिनामको भवन उद्घाटन भएको छ । बिहीबार संविधान सभा सदस्य भुपेन्द्र थेबेको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन गरिएको हो । ६ वटा वडाहरूलाई भवन निर्माणार्थ विनियोजित एक/एक करोड रुपैयाँ बजेट अन्तर्गत भवन निर्माण गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका संविधान सभा सदस्य भुपेन्द्र थेबेले पुरानो इतिहासको कुरो गर्दै आफूहरूलाई भ्रष्टाचार पाप हो भनेर सिकाउने नेताहरू नै सबै भन्दा भ्रष्टाचारी भएकोले सक्रिय राजनीति त्याग्ने बताए ।

त्यस्तै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले स्थानीय तहमा रकम कम भएको तर काम धेरै भएको बताएका छन् । उनले भने,“ स्थानीय तहमा कम रकम छ तर पनि काम भने धेरै नै भएको छ । हामीले जिताएको सांसद बिपद् पर्दा टिकटक बनाउँदै मधेस र पश्चिम घुम्नुले हामीलाई काम गर्न गाह्रो भयो ।”

त्यस्तै गाउँपालिका उपाध्यक्ष डा। चित्र माबोले क्रमागत ठेक्काहरु धेरै भएकोले अघिल्लो क्रमागत योजनाहरू सकिँदै गएकोले नयाँ काम थालनी गर्ने बताए ।

भवन उद्घाटन कार्यक्रम वडा नं. १ का अध्यक्ष सिह बहादुर इवारमको  अध्यक्षतामा भएको हो ।

प्रकाशित मिति : 12:34 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा