सिरिजङ्गा वडा नं १ को भवन उद्घाटन



ताप्लेजुङ । सिरिजङ्गा गाउँपालिकाको वडा नं. १ सिनामको भवन उद्घाटन भएको छ । बिहीबार संविधान सभा सदस्य भुपेन्द्र थेबेको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन गरिएको हो । ६ वटा वडाहरूलाई भवन निर्माणार्थ विनियोजित एक/एक करोड रुपैयाँ बजेट अन्तर्गत भवन निर्माण गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका संविधान सभा सदस्य भुपेन्द्र थेबेले पुरानो इतिहासको कुरो गर्दै आफूहरूलाई भ्रष्टाचार पाप हो भनेर सिकाउने नेताहरू नै सबै भन्दा भ्रष्टाचारी भएकोले सक्रिय राजनीति त्याग्ने बताए ।

त्यस्तै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले स्थानीय तहमा रकम कम भएको तर काम धेरै भएको बताएका छन् । उनले भने,“ स्थानीय तहमा कम रकम छ तर पनि काम भने धेरै नै भएको छ । हामीले जिताएको सांसद बिपद् पर्दा टिकटक बनाउँदै मधेस र पश्चिम घुम्नुले हामीलाई काम गर्न गाह्रो भयो ।”

त्यस्तै गाउँपालिका उपाध्यक्ष डा। चित्र माबोले क्रमागत ठेक्काहरु धेरै भएकोले अघिल्लो क्रमागत योजनाहरू सकिँदै गएकोले नयाँ काम थालनी गर्ने बताए ।

भवन उद्घाटन कार्यक्रम वडा नं. १ का अध्यक्ष सिह बहादुर इवारमको  अध्यक्षतामा भएको हो ।

प्रकाशित मिति : 12:34 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम