युवा सञ्जाल ताप्लेजुङले स्ववियुलाई दियो फोहोर व्यवस्थापनका सामाग्री 



ताप्लेजुङ । दिगो विकाशका लागि अन्तराष्ट्रिय युवा सञ्जाल ताप्लेजुङले पाथिभरा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)लाई फोहोर व्यवस्थापनका सामाग्री हस्तान्तरण गरेको छ । 

२४औं अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर सञ्जालका ताप्लेजुङ अध्यक्ष  यमुना गौतमले स्ववियुलाई डस्टबिन हस्तान्तरण गर्नुभएको हो । ‘दिगो लक्ष्य प्राप्तिमा युवाको साथ : नव प्रवर्तन र उद्यमशीलतामा हरित सीप विकास’ भन्ने मूल नाराका साथ मनाइएको युवा दिवसको अवसरमा गरिएको कार्यक्रममा १२ वटा डस्टबिन हस्तान्तरण गरिएको युवा सञ्जाल ताप्लेजुङले जनाएको छ । 

कार्यक्रमको अवसरमा सञ्जालका प्रदेश उपाध्यक्ष नारद गुरागाँई, युवा अभियन्ता किरण लिङ्देन पाथिभरा बहुमुखी क्याम्पसका स्ववियु सभापति अर्जुन खिम्दिङ, पर्यटन प्रचार प्रसार अभियन्ता हेमराज निरौला, अनेरास्ववियु नेता पब्लिक गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति : 1:36 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम