युवा सञ्जाल ताप्लेजुङले स्ववियुलाई दियो फोहोर व्यवस्थापनका सामाग्री 



ताप्लेजुङ । दिगो विकाशका लागि अन्तराष्ट्रिय युवा सञ्जाल ताप्लेजुङले पाथिभरा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)लाई फोहोर व्यवस्थापनका सामाग्री हस्तान्तरण गरेको छ । 

२४औं अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर सञ्जालका ताप्लेजुङ अध्यक्ष  यमुना गौतमले स्ववियुलाई डस्टबिन हस्तान्तरण गर्नुभएको हो । ‘दिगो लक्ष्य प्राप्तिमा युवाको साथ : नव प्रवर्तन र उद्यमशीलतामा हरित सीप विकास’ भन्ने मूल नाराका साथ मनाइएको युवा दिवसको अवसरमा गरिएको कार्यक्रममा १२ वटा डस्टबिन हस्तान्तरण गरिएको युवा सञ्जाल ताप्लेजुङले जनाएको छ । 

कार्यक्रमको अवसरमा सञ्जालका प्रदेश उपाध्यक्ष नारद गुरागाँई, युवा अभियन्ता किरण लिङ्देन पाथिभरा बहुमुखी क्याम्पसका स्ववियु सभापति अर्जुन खिम्दिङ, पर्यटन प्रचार प्रसार अभियन्ता हेमराज निरौला, अनेरास्ववियु नेता पब्लिक गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति : 1:36 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा