बन्दले जनजीवन प्रभावित



ताप्लेजुङ। कोशी प्रदेश नामाङ्कनको विरोधसहित विभिन्न पहिचानवादी समूहले गरेको बन्दका कारण ताप्लेजुङको जनजीवन आज आंशिक रूपले प्रभावित भएको छ । 

लिम्बुवानको सार्वभौमिकता गुमेको दिनलाई स्मरण गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान गरेको बन्दलाई कोशी प्रदेश नामाङ्कनको विरोधमा रहेका विभिन्न किराँत लिम्बुवान समूहको आह्वानमा घोषणा गरिएको बन्दले ताप्लेजुङ सहित कोशी प्रदेशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कुशाराम कार्कीका अनुसार जिल्लामा बन्दका कारण हालसम्म कुनै घटना नभई बन्द शान्ति पुर्ण रुपमा सम्पन्न भएको र पाँच बजेबाट बन्द खुल्ला भएको  छ।

बन्दका कारण मेची राजमार्गको ताप्लेजुङ, इलाम, पाँचथर, र झापामा सञ्चालन हुने यातायातका साधन सञ्चालन भएका थिएनन् भने बन्दको प्रभाव आंशिक रुपमा बजार, पसल, कलकारखाना, विद्यालयमा समेत परेको छ । अधिकांश निजी विद्यालय बन्द भएका छन् । तर ताप्लेजुङको नमुना  विद्यालय समेत रहेको सदरमुकाम स्थिति भानु माध्यमिक विद्यालय भने बिहान र दिउँसो दुबै कक्षाहरु सदाको झैँ सञ्चालन भएको विद्यालयले जनाएको  छ। 

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले पहिचानवादीका माग सम्बोधन नभएकाले बन्द गर्नुपरेको बताउनुभयो । बन्दकर्ताले कोशी प्रदेशको नाम किरात लिम्बुवान राख्न माग गरेका छन् ।लामो समयदेखि आन्दोलन गर्दै आएका बन्दकर्ताले कोशी नाम परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : 12:36 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा