फुङ्फुङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेला सुरु 



ताप्लेजुङ, मङसिर ३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा फुङ्फुङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेला–२०८३ सुरु भएको छ । फुङ्फुङ्देन झरना पर्यटन विकास समितिको आयोजनामा आगामी मङ्सिर २ देखि ६ गतेसम्म सञ्चालन हुने मेला बुधबारबाट सुरु भएको हो । 

मेलाको उद्‌घाटन कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वाले गर्नुभएको छ । उद्‌घाटन कार्यक्रममा केलाङ ९च्याब्रुङ० नाच, स्याब्रु नाच सहित विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । 

यो सँगै फुटबल प्रतियोगिता अन्तरगत पहिलो खेल पनि सञ्चालन भएको थियो । पहिलो क्वार्टरफाइनलमा आयोजक र अप्पर मेवा केटिएमबीच प्रतिस्पर्धा भएको थियो ।खेलमा आयोजक फङफङदेन झरना पर्यटन विकास समिति र अप्पर मेवा हाइड्रोपावर काठमाडौंले १–१ गोलको बराबरी खेलेका छन् । समय अभावका कारण खेलको बाँकी दोस्रो हाफ बिहीबार बिहान सञ्चालन गरिने आयोजकले जनाएको छ।

त्यस्तै, आज दोस्रो क्वार्टरफाइनलमा फेदाप गाउँपालिका तेह्रथुम र सैनिक युवा क्लब झापाबीच खेल हुनेछ । आज नै तेस्रो क्वार्टरफाइनलमा कुमायक गाउँपालिका पाँचथर र खोक्लिङ सामाजिक युवा क्लब मिक्वाखोला–२ बीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार हुने चौथो क्वार्टरफाइनलमा ग्रीन भ्याली युवा क्लब मेरिङदेन–६ नाल्बु र मारिक एफसी धरान भिड्नेछन् ।

प्रतियोगिताको फाइनल खेल मङ्सिर ६ गते हुनेछ । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित तीन लाख दुई हजार ८३ रुपियाँ बराबरको अलैँची प्राप्त गर्नेछन्  । उपविजेता टोलीलाई एक लाख ५२ हजार ८३ रुपियाँ बराबरको अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

समितिका अध्यक्ष साँवाका अनुसार स्थानीय उत्पादनको प्रवर्धन, बजारीकरण र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले नगदको सट्टा अलैँची पुरस्कार दिने व्यवस्था गरिएको हो । गत वर्ष पनि प्रतियोगितामा अलैँची नै पुरस्कारका रूपमा प्रदान गरिएको थियो । गत वर्ष पाँचथरको गणेश चोकले उपाधि हासिल गरेको थियो ।

 फुङ्फुङ्देन झरनाको पर्यटन प्रवर्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य मेलाले राखेको छ ।

प्रकाशित मिति : 5:56 am

ताप्लेजुङको पर्यटन विकासमा गुरुयोजना आवश्यक : मन्त्री लङ्वा

ताप्लेजुङ मङ्सिर ३ गते । कोशी प्रदेश सरकारका पर्यटन, वन

फुङ्फुङ्देन झरना पर्यटन मेला : आज दुई खेल हुने

ताप्लेजुङ, मङसिर ३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजित फुङ्फुङ्देन

फुङ्फुङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेला सुरु 

ताप्लेजुङ, मङसिर ३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा फुङ्फुङ्देन झरना

पाथीभरामा ४९ लाख ८७ हजार २०० भेटी सङ्कलन

ताप्लेजुङ, मङ्सिर २ गते । ताप्लेजुङको पाथीभरामा एक महिनामा ४९

ताप्लेजुङमा मनाइयो चासोक तङ्नाम (फोटोफिचर)

ताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङमा लिम्बू समुदायको महान् पर्व