दिनेश खातीको नेतृत्वमा दलित मोर्चा गठन



ताप्लेजुङ, असोज २६ गते । ताप्लेजुङमा नेपाल दलित मोर्चाको जिल्ला कार्यसमिति गठन गरिएको छ । आइतबार सदरमुकाम फुङ्लिङमा आयोजित तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकट दलित संगठनको संयुक्त जिल्ला भेलाले दिनेश खातीको नेतृत्वमा ९५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवगठित समितिको सह–संयोजकमा कृष्ण लुहार चयन हुनुभएको छ । नेपाल दलित मोर्चा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० को भ्रातृ संगठन हो । दुई पार्टी निकट दलित संगठनबीचको एकतापछि संयुक्त जिल्ला भेला आयोजना गरी नयाँ नेतृत्व चयन गरिएको हो ।

नेपाल दलित मोर्चाका प्रदेश इन्चार्ज नेत्र नेपाली तथा नेकपाका नेताहरू विष्णुकुमार हाङ्बाङ, निता कुमारी सिँवा, सागरमणि गौतम र गंगाशंकरको लगायत जिल्ला तथा प्रदेशस्तरीय नेताहरूको उपस्थितिमा समिति गठन गरिएको हो ।

कार्यक्रममा सहभागी नेताहरूले पार्टी संगठनमा दलित समुदायको प्रतिनिधित्व र सहभागिता बढाउनुपर्नेमा जोड दिएका थिए । दलित समुदायको हक, अधिकार र सामाजिक न्यायका लागि मोर्चाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

समाजमा विद्यमान जातीय विभेद, छुवाछुत तथा अन्य सामाजिक कुरीति र विकृतिविरुद्ध मोर्चाले सशक्त रूपमा आवाज उठाउनुपर्ने नेताहरूले बताएका थिए । दलित समुदायको राजनीतिक, सामाजिक तथा आर्थिक अधिकार सुनिश्चित गर्न संगठनले समुदायका मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्नेमा समेत उनीहरूले जोड दिएका थिए ।

नवगठित जिल्ला कार्यसमितिले दलित समुदायमाथि हुने विभेदको अन्त्य, समान अधिकारको सुनिश्चितता तथा पार्टी संगठनमा दलितको अर्थपूर्ण सहभागिताका लागि काम गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : 11:51 am

दिनेश खातीको नेतृत्वमा दलित मोर्चा गठन

ताप्लेजुङ, असोज २६ गते । ताप्लेजुङमा नेपाल दलित मोर्चाको जिल्ला

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले