छैटौँ सिरिजङ्गा गोल्डकप मंसिर २३ देखि



ताप्लेजुङ, असोज १६ गते। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला आगामी मंसिर २३ गतेदेखि सञ्चालन हुने भएको छ ।

मंसिर २३ देखि २९ गतेसम्म गोल्डकप तथा मेला सञ्चालन गर्ने निर्णय आयोजक तेल्लोक स्पोर्टिङ क्लब, ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङ्गासिङ थेबे स्मृति प्रतिष्ठानलगायत सरोकारवालाको बिहीबार बसेको बैठकले गरेको क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङ्गासिङ थेबेको जन्मजयन्तीको अवसर पारेर गोल्डकप आयोजना गर्न लागिएको हो । तेल्लोक माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तथा टोलीलाई सहभागी गराउने तयारी भइरहेको छ । छैटौँ संस्करणमा पुरस्कार राशि वृद्धि गर्ने तयारीसमेत भइरहेको अध्यक्ष भट्टराईले बताउनुभयो ।

गोल्डकपको पाँचौँ संस्करणमा विजेताले तीन लाख ३२१ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । उपविजेतालाई एक लाख ५० हजार ३२१ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । पाँचौँ संस्करणको उपाधि धरान सुनसरीको मरिक फुटबल क्लबले जितेको थियो । मरिकले झापाको न्यु स्टार क्लब बिर्तामोडलाई ३–१ गोलले पराजित गर्दै उपाधि हात पारेको थियो ।

गोल्डकपसँगै आयोजना हुने सिरिजङ्गा मेलामा स्थानीय संस्कृति, इतिहास र मौलिक पहिचान झल्काउने गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ । खेलकुद तथा मेलामार्फत सिरिजङ्गाको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय पहिचान प्रवद्र्धन गर्ने उद्देश्य रहेको अध्यक्ष भट्टराईले बताउनुभयो ।

उहाँले प्रतियोगिता तथा मेला सिरिजङ्गाको इतिहास, संस्कृति, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताउनुभयो । आयोजनालाई सफल बनाउन स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, व्यवसायी, खेलप्रेमी तथा स्थानीयवासीको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।

आयोजनालाई व्यवस्थित बनाउन सरोकारवालासँग सहकार्य र समन्वयलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । गोल्डकप तथा मेलाले स्थानीय खेलकुद गतिविधिको विस्तारसँगै पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : 6:55 am

कांग्रेस महाधिवेशनका लागि ताप्लेजुङबाट ३२ प्रतिनिधि चयन

ताप्लेजुङ, असोज १७ गते । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनका

छैटौँ सिरिजङ्गा गोल्डकप मंसिर २३ देखि

ताप्लेजुङ, असोज १६ गते। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा छैटौँ संस्करणको

अरिङ्गाल झार्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का एक

दशौँ राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङबाट ३२ विधामा खेलाडी छनोट हुने, नाम दर्ता गराउन आह्वान

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका

कांग्रेस ताप्लेजुङ ‘क’ को सभापतिमा खिम्दिङ विजयी

ताप्लेजुङ, असोज १५ गते । नेपाली कांग्रेस ताप्लेजुङको प्रदेशसभा निर्वाचन