मिक्वाखोलाको सडक स्तरोन्नतिमा युवाको पहल




ताप्लेजुङ, असोज ११ गते ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाअन्तर्गत खोक्लिङ–लिवाङ–साँवा–पापुङ सडक स्तरोन्नतिका लागि स्थानीय युवाले पहल थालेका छन् । लामो समयदेखि ठूला तथा मालवाहक सवारीसाधन सहज रूपमा सञ्चालन हुन नसकेको सडकलाई तत्काल सञ्चालनयोग्य बनाउने उद्देश्यले युवाले सरोकारवाला निकायबीच समन्वय र सहजिकरणका लागि समिति गठन गरेका हुन् ।

किरण लिवाङको अध्यक्षतामा १५ सदस्यीय सडक सरोकार समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा नुपु शेर्पा, सचिवमा मिथुन साँवा तथा सदस्यमा राजन कार्की, दोर्ची शेर्पा, रनध्वोज थलङ, अजय थलङ, नरेश साँवा, सूर्य लिम्बू, रिमोश लिम्बू, सिंहमान साँवा, प्रणय थलङ, मोतिहाङ थलङ, दावा छेतेन शेर्पा र सुरेन्द्र लिम्बू रहनुभएको छ ।

सडक तत्काल स्तरोन्नति गरी ठूला सवारीसाधन सञ्चालन गर्न सक्ने बनाउने तथा पाँचवटै वडाका जनप्रतिनिधि, जलविद्युत् आयोजना, राजनीतिक दल, स्थानीयवासी र अन्य सरोकारवालाको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले समिति गठन गरिएको उपाध्यक्ष नुपु शेर्पाले जानकारी दिनुभयो ।

मिक्वाखोला गाउँपालिकाभित्र सञ्चालित जलविद्युत् आयोजनाले समेत सडक स्तरोन्नतिमा चासो देखाएका छन् । पालिकाभित्रका सडक बाह्रै महिना सञ्चालन नहुने अवस्था रहेकाले आयोजनाले अन्य स्थानीय तह हुँदै आवतजावत गर्नुपर्ने बाध्यता रहेको जनाइएको छ । हाल आयोजनाका ठूला तथा मालवाहक सवारीसाधनले दोभान–मेरिङ्देन हुँदै साँवा जोड्ने सडक प्रयोग गर्दै आएका छन् ।

सरोकार समितिले सडक स्तरोन्नतिका लागि अघि सारेको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै निर्माण कार्य तत्काल सुरु गर्ने विषयमा सहमति भएको शेर्पाले बताउनुभयो । उहाँका अनुसार सडक स्तरोन्नति भएपछि स्थानीयवासीसँगै गाउँपालिकाभित्र सञ्चालित जलविद्युत् आयोजनालाई समेत सहज हुने अपेक्षा गरिएको छ ।

समितिका पदाधिकारी तथा सदस्य व्यक्तिगत रूपमा सडक निर्माण, ठेक्का वा अन्य निर्माणसम्बन्धी काममा प्रत्यक्ष संलग्न हुन नहुने प्रस्तावसमेत गरिएको छ । स्वार्थको द्वन्द्व र विवाद हुन सक्ने भएकाले समितिले निष्पक्ष रूपमा अनुगमन, समन्वय र सहजिकरणमा मात्र केन्द्रित हुने शेर्पाले बताउनुभयो ।

१० वर्षभन्दा लामो समय बितिसक्दा पनि खोक्लिङ–लिवाङ–साँवा–पापुङ सडकमा ठूला तथा मालवाहक सवारीसाधन सहज रूपमा सञ्चालन हुन सकेका छैनन् । सडकको अवस्था कमजोर हुँदा स्थानीयवासीसँगै जलविद्युत् आयोजना, व्यवसायी र अन्य सेवाग्राही प्रभावित हुँदै आएका छन् ।

सदरमुकाम फुङ्लिङबाट करिब ३८ किलोमिटर दूरीमा रहेको पर्यटकीय क्षेत्र फुङ्फुङ्गे झरना पुग्ने मुख्य मार्गसमेत यही सडक हो । सडक स्तरोन्नति नहुँदा फुङ्फुङ्गे झरना तथा गाउँपालिकाका विभिन्न क्षेत्रको आवतजावतमा समेत समस्या हुँदै आएको छ ।

सडक स्तरोन्नति भए मिक्वाखोलाका पाँचवटै वडाका स्थानीयवासीलाई यातायात सुविधा सहज हुनुका साथै गाउँपालिकाभित्र सञ्चालित जलविद्युत् आयोजनाको निर्माण सामग्री तथा उत्पादित विद्युत्सँग सम्बन्धित सामग्री ढुवानीमा समेत सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : 6:15 am

मिक्वाखोलाको सडक स्तरोन्नतिमा युवाको पहल

ताप्लेजुङ, असोज ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाअन्तर्गत खोक्लिङ–लिवाङ–साँवा–पापुङ सडक

दोभान अग्निपीडितलाई एमालेको चार लाख बढी सहयोग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान