बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध



ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर नदी करिडोर क्षेत्रमा पहिरो खस्दा बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध भएको छ । सडकमा खसेको पहिरो हटाउने काम जारी रहेकाले यातायात सञ्चालनका लागि सडक खुलाउने प्रयास भइरहेको छ ।

वर्षाका कारण जिल्लाका विभिन्न सडक तथा ग्रामीण क्षेत्रमा पहिरो र सडक अवरोधको जोखिम बढेको छ । तमोर नदी करिडोरअन्तर्गत बहानन्देबाट मित्लुङ हुँदै लेलेपतर्फ जाने सडकमा पहिरो खसेपछि यातायात प्रभावित भएको हो । पहिरो पन्छाउँदै सडक खुलाउने र सवारी सञ्चालन गराउने क्रम जारी रहेको जनाइएको छ ।

यसैबीच खोक्से खोला हुँदै सञ्चालन हुने मेची राजमार्ग खुले पनि सडकखण्डमा जोखिम कायमै रहेको जनाइएको छ । लगातारको वर्षाका कारण पहिरो खस्ने तथा सडक अवरुद्ध हुनसक्ने सम्भावना रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरिएको छ ।

यता आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध भएको छ। दोभान–मैवाखोला पुलनजिक सडकमा पानी जम्नुका साथै सडक बिग्रिएपछि यातायात प्रभावित भएको गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमू दिपेनले बताउनुभयो।

जिल्लाभर निरन्तर वर्षा भइरहेकाले सम्भावित जोखिमलाई ध्यान दिई सतर्कता अपनाउन जिल्ला प्रसाशन ताप्लेजुङले आग्रह गरेको छ । वर्षाका कारण जिल्लाका कुनै पनि क्षेत्रमा समस्या, क्षति वा अन्य घटना भए तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ ।

यसैबीच जिल्लाका ठूला तथा साना नदी तथा खोलामा पानीको बहाव बढेको छ । काबेली नदी, मेवाखोला, तमोर नदी, सिम्बुवा, घुन्सा खोला र पालुङ खोलालगायतका नदी तथा खोलामा बहाव बढे पनि हालसम्म बस्ती नै जोखिममा पर्ने अवस्था नरहेको जनाइएको छ ।

सम्बन्धित निकायले नदी तथा खोलाको बहाव बढेको विषयलाई लिएर अनावश्यक हल्ला तथा अफवाह नफैलाउन जिल्ला प्रशासन ताप्लेजुङले आग्रह गरेको छ ।

प्रकाशित मिति : 12:32 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै