प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द



ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका कारण गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशभर उच्च सतर्कता अपनाउन सूचना जारी गरेपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले असोज ९ देखि ११ गतेसम्म विद्यालय बन्द गरी विद्यार्थीलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्तिले) जारी गर्नुभएको सूचनामा प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ । गाउँपालिकाले विद्यालय प्रशासनलाई निर्णय कार्यान्वयन गर्न जानकारी गराएको छ ।

वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमबाट जोगिन गाउँपालिकाभित्रका स्थानीय बासिन्दा, अभिभावक, शिक्षक, कर्मचारी तथा आगन्तुकलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न आग्रह गरिएको छ ।

गाउँपालिकाले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै समयमै विपद् प्रतिकार्यको तयारी गर्नसमेत अनुरोध गरेको छ । प्रतिकूल मौसमको समयमा सुरक्षित स्थानमा रहन र मौसमसम्बन्धी सूचनालाई ध्यान दिन गाउँपालिकाले सबैमा आग्रह गरेको छ ।

गाउँपालिकाले असोज ९ देखि ११ गतेसम्मको अवधिमा हुनसक्ने सम्भावित बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट सुरक्षित रहन विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

प्रकाशित मिति : 6:17 am

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ