घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण



ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूको स्मरण गर्दै २०औँ राष्ट्रिय संरक्षण दिवस मनाइएको छ। दिवसका अवसरमा ताप्लेजुङको फुङलिङ नगरपालिका–४ भिन्तुना डाँडामा रहेका संरक्षणविद्का सालिकमा माल्यार्पण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

वातावरण संरक्षण तथा विकास मञ्च ताप्लेजुङको आयोजनामा भएको कार्यक्रममा संरक्षणविद्का सालिकमा माल्यार्पण गरिएको मञ्चका अध्यक्ष खड्गविक्रम सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार संरक्षणकर्मीले पुर्‍याएको योगदानको स्मरण गर्दै प्राकृतिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षणमा स्थानीय समुदायको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।

कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई स्थानीय समुदायमा हस्तान्तरण गर्ने ऐतिहासिक प्रक्रियामा सहभागी हुन ताप्लेजुङ आएका संरक्षणविद् तथा संरक्षणकर्मीको हेलिकोप्टर दुर्घटनामा निधन भएको २० वर्ष पूरा भएको अवसरमा यस वर्षको संरक्षण दिवस विशेष रूपमा स्मरण गरिएको हो।

२०६३ साल असोज ७ गते कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई स्थानीय समुदायको नेतृत्व र सहभागितामा व्यवस्थापन गर्ने नमुना अवधारणाअनुसार हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी हुन आएका संरक्षणविद् घुन्साबाट फर्कने क्रममा हेलिकोप्टर दुर्घटनामा परेका थिए। दुर्घटनामा तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा। हर्क गुरुङ, संरक्षणविद् डा। तीर्थमान मास्केलगायत स्वदेशी तथा विदेशी गरी २४ जनाको निधन भएको थियो।

उक्त दुर्घटनाले नेपालको संरक्षण क्षेत्रमा अपूरणीय क्षति पुर्‍याएको थियो। स्थानीय समुदायको नेतृत्वमा संरक्षण क्षेत्र व्यवस्थापन गर्ने कञ्चनजङ्घाको अभ्यासलाई अन्तर्राष्ट्रिय संरक्षण क्षेत्रमा समेत नमुनाका रूपमा लिइँदै आएको छ।

दुर्घटनामा ज्यान गुमाएका संरक्षणकर्मीको योगदानको स्मरण गर्दै सरकारले हरेक वर्ष राष्ट्रिय संरक्षण दिवस मनाउँदै आएको छ। दुई दशक बितिसक्दा पनि घुन्सा हेलिकोप्टर दुर्घटना संरक्षण क्षेत्रसँग सम्बन्धित समुदायका लागि ताजा स्मृतिका रूपमा रहेको छ। यस अवसरमा दिवङ्गत संरक्षणकर्मीले अघि सारेको संरक्षण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।

माल्यार्पण तथा अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा सदस्य गिता सेन्दाङ, कोशी प्रदेस सभा सदस्य तथा पूर्वमन्त्री खगेनसिं हाङ्गाम साथै सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : 5:13 pm

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप