भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह



ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी तीन दिन भारी वर्षा हुनसक्ने भन्दै पालिकावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

गाउँपालिकाले बुधबार सार्वजनिक गरेको सूचनामा बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावबाट ताप्लेजुङसहित देशभर विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बाले जारी गर्नुभएको सूचनामा असोज ९ गतेदेखि ११ गतेसम्म वर्षा तथा बाढीको सम्भावना रहेकाले स्थानीयवासीलाई सचेत रहन आग्रह गरिएको छ । भारी वर्षाका कारण खोला तथा नदीमा पानीको सतह बढ्नसक्ने, पहिरो तथा भू–क्षयको जोखिम बढ्नसक्ने भएकाले विशेष सावधानी अपनाउन गाउँपालिकाले अनुरोध गरेको छ ।

गाउँपालिकाले विपद्का सम्भावित घटनाबाट सुरक्षित रहन जोखिमयुक्त क्षेत्रमा नजान, खोला तथा नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन र आवश्यक अवस्थामा स्थानीय प्रशासन तथा सुरक्षा निकायले दिएको सूचनाको पालना गर्न आग्रह गरेको छ ।

गाउँपालिकाले वर्षाका कारण उत्पन्न हुनसक्ने सम्भावित विपद्बाट जनधनको क्षति हुन नदिन स्थानीयवासी, सरोकारवाला निकाय तथा सुरक्षा निकायबीच आवश्यक समन्वय र सहकार्य गर्नसमेत आग्रह गरेको छ। भारी वर्षाको समयमा बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन पनि गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : 5:07 pm

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप