ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह



ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्लामा भारी वर्षा हुने सम्भावना रहेकाले प्रशासन कार्यालय ताप्लेजुङले उच्च सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको हो ।

नेपाल मौसम विज्ञान विभागले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार शुक्रबारदेखि आइतबारसम्म देशभर ठूलो वर्षा हुने सम्भावना रहेको छ । सो अवधिमा ताप्लेजुङका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले पूर्वतयारी र सावधानी अपनाउन अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बुधबार सूचना जारी गर्दै मनसुनजन्य विपद्को जोखिम उच्च रहेकाले जिल्लाका अधिकांश स्थानमा कच्ची सडक रहेकाले अत्यावश्यकबाहेक सो अवधिमा सवारिसाधन सञ्चालन नगर्न आग्रह गरेको छ । जोखिमको सङ्केत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

त्यस्तै, अति आवश्यक अवस्थाबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए मौसमसम्बन्धी सूचना लिएर मात्रै यात्रा गर्न भनिएको छ। नदी तथा खोला किनार, पहिरोको जोखिमयुक्त स्थान, भिरालो जमिन तथा बाढी आउनसक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पाल्न जाने पर्यटक तथा पदयात्रीलाई तत्काल यात्रा रद्द गरी फर्कन तथा सम्भव नभए सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। जोखिमयुक्त मौसम अवधिभर पदयात्रामा नजान पनि प्रशासनले अनुरोध गरेको छ।

जिल्लामा रहेका सवारी चालकलाई समेत मौसमसम्बन्धी जानकारी लिएर मात्र सवारिसाधन सञ्चालन गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले बताउनुभयो । उहाँका अनुसार विपद्सम्बन्धी कुनै घटना भए तत्काल सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन अनुरोध गरिएको छ।

प्रकाशित मिति : 5:03 pm

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप