ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने



ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा ९३ लाख ७२ हजार २५० रुपियाँ खर्च भएको छ । शनिबार फुङलिङ बजारको तोक्मेडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत आयव्यय विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराइएको हो । 

प्रतियोगिता सम्पन्न भएको १५ दिनमै आयोजक लाखेजात्रा सञ्चालन समितिले आयव्यय विवरण सार्वजनिक गरेको हो । सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार प्रतियोगिताबाट हालसम्म ६५ लाख ८८ हजार ५९९ रुपियाँ समितिको खातामा प्राप्त भएको छ । बोलकबोल तथा सम्झौता भएका ३५ लाख पाँच हजार रुपियाँ भने प्राप्त हुन बाँकी रहेको छ । उक्त रकम प्राप्त भएपछि प्रतियोगितामा खर्च भएको रकम तिरेर समितिको खातामा सात लाख २१ हजार ३४९ रुपियाँ बचत हुने समितिले जनाएको छ ।

प्रतियोगिताका लागि प्याकेज टिकट तथा प्रवेशद्वारबाट ५२ लाख ९६ हजार ९४८ रुपियाँ आम्दानी भएको छ । चारवटा क्वाटरफाइनल खेलबाट ११ लाख ९१ हजार २००, दुईवटा सेमिफाइनलबाट छ लाख पाँच हजार ७०० र फाइनल खेलबाट २० लाख २७ हजार रुपियाँ टिकट बिक्रीबाट सङ्कलन भएको कोषाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । समितिले क्वार्टरफाइनलका प्रत्येक खेलका लागि दुई सय, सेमिफाइनलका लागि तीन सय र फाइनलका लागि पाँच सय रुपियाँ टिकट दर निर्धारण गरेको थियो । 

प्रतियोगितामा टिम व्यवस्थापन तथा सेवा सुविधामा सबैभन्दा धेरै २५ लाख ५२ हजार ३५० रुपियाँ खर्च भएको छ । पुरस्कार तथा विधागत खर्चमा १२ लाख ४२ हजार ६१५, प्याराफिट निर्माण, बाँस खरिद तथा ढुवानीमा १० लाख चार हजार ४४६, साउण्ड सिस्टम, व्यवस्थापन तथा आन्तरिक यातायातमा १८ लाख ३५ हजार १४४ रुपियाँ खर्च भएको छ ।

त्यस्तै खेलमैदान व्यवस्थापन, सांस्कृतिक कार्यक्रम तथा खेलाडी यातायातमा सात लाख ३५ हजार ९००, रेफ्री तथा प्रशिक्षक सुविधामा चार लाख ७६ हजार २००, कार्यालय तथा प्राविधिक व्यवस्थापनमा पाँच लाख ५० हजार र प्रत्यक्ष प्रसारण तथा स्वयंसेवक व्यवस्थापनमा तीन लाख ४९ हजार रुपियाँ खर्च भएको छ ।

समितिका अध्यक्ष सागर मादेनले बाँकी रकम प्राप्तिका लागि आर्थिक प्रतिवेदनसहित प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । प्रतियोगिताको उपाधि सलहेश युवा क्लब सिराहाले हात पारेको थियो भने पाँचथरको फिदिम स्पोर्टिङ क्लबले उपविजेतामा चित्त बुझाउनु परेको थियो । प्रतियोगितामा भारत सहित आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा भदौ १२ गते सुरु भएर भदौ १९ गते सम्पन्न भएको थियो ।

प्रकाशित मिति : 11:24 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा