ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको अवसरमा नगर क्षेत्रका चार जना उत्कृष्ट बुहारीलाई सम्मान गरेको छ । नगरपालिकाले सोमबार आयोजना गरेको तीज विषेश कार्यक्रममा सामाजिक तथा पारिवारिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका चार जना बुहारीलाई नगदसहित सम्मान गरेको हो ।
सम्मानित हुनेमा फुङ्लिङ नगरपालिका वडा नं. ४ की क्यानडा थेबे (लिम्बू), वडा नं. ७ की लिला पौडेल, वडा नं. ४ की सर्मिला श्रेष्ठ र वडा नं. ६ की निरा गुरुङ रहनुभएको छ । उहाँहरूलाई प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, कोशी प्रदेशसभा सदस्य निर्मला तावा, प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाल र फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझाले सम्मान गर्नुभएको थियो ।
नगरपालिकाले परिवार र समाजमा बुहारीको भूमिकालाई प्रोत्साहन तथा सम्मान गर्ने उद्देश्यले तीजको अवसरमा उत्कृष्ट बुहारी सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ । सम्मानले परिवार तथा सामाजिक क्षेत्रमा महिलाले पु¥याउँदै आएको योगदानको कदर गर्नुका साथै महिला सम्मान र सशक्तीकरणमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ ।
यस्तै फुङलिङ नगरपालिका महिला शाखा प्रमुख सिता गुरुङलाई पनि सम्मान गरिएको छ । उहाँलाई नगद पाँच हजार रुपियाँ सहित कदरपत्रका साथ सम्मान गरिएको हो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा स्थानीय महिलाको सहभागिता रहेको थियो ।






प्रतिक्रिया