सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने



ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ कार्यपालिकाको बैठक पर्यटकीय क्षेत्र तिम्बुङ पोखरीमा बसेको छ । पालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धनका लागि कार्यपालिकाको बैठक तिम्बुङ पखेरीमा बसेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाका अनुसार तिम्बुङ पोखरीमा बसेको कार्यपालिकाको बैठकले सिदिङवा गाउँपालिकालाई केन्जो (पदमचाल) को राजधानी दाबी गर्ने निर्णय गरिएको छ । समुन्द्र सतहदेखि करिब चार हजार तीन सय ४० मिटरको उचाइमा रहेको तिम्बुङ पोखरी क्षेत्रमा पाइने लोपोन्मुख वनस्पति केन्जो अन्य स्थानमा भन्दा बढी पाइने भएकाले राजधानी दाबी गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको पालिकाका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी तिवेन्द्र अधिकारीले बताउनुभयो ।

पछिल्लो केही वर्षयता तिम्बुङ पोखरी भ्रमणसँगै आसपासमा रहेको केन्जो अवलोकन गर्न दैनिक पर्यटकहरू बढ्दै गएको र नागरिकको रुचि समेत वृद्धि भएकाले राजधानी दाबी गरि सम्बन्धित निकाय, सरोकारवालाहरूसँग घोषणाका लागि थप पहल गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवाको भनाइ छ ।

यस्तै कार्यपालिकाको बैठकले केन्जोको औषधीय गुणको अध्ययन र केन्जोको बिरुवा संरक्षणका लागि आवश्यक पहल समेत सुरु गर्ने निर्णय गरेको प्रशासन शाखाका प्रमुख अधिकारीले बताउनुभयो ।

तिम्बुङ पोखरीको प्रवर्द्धनका लागि सिदिङवा गाउँपालिकाले प्रदेश तथा सङ्घीय सरकारसँगको समन्वयमा पैदलमार्ग निर्माण तथा होम स्टे निर्माण लगायतको कार्य गर्दै आइरहेको पालिका अध्यक्ष मानबहादुर राईले बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा सडक सञ्जाललाई स्तरोन्नति तथा सम्भव भएसम्म पोखरीदेखि नजिकको दूरी सम्म विस्तार गर्ने योजना रहेको अध्यक्ष राईको भनाइ छ ।

तिम्बुङ पोखरी क्षेत्रमा असारको पहिलो सातादेखि भदौको पहिलो सातासम्म करिब दुई महिना केन्जोको अवलोकन गर्न सकिन्छ । यो समयमा केन्जो अवलोकन गर्नकै लागि पर्यटकहरूको घुँइचो लाग्ने गरेको छ । केन्जो अवलोकनका लागि पछिल्लो दुई महिनाको अवधिमा करिब दुई हजार भन्दा बढी पर्यटक तिम्बुङ पोखरी पुगेको पर्यटन व्यवसायी तथा तिम्बुङ पोखरी पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष अमिर राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 7:04 pm

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन