ताप्लेजुङ गोल्डकप : पहिलो सेमिफाइनल खेलमा भारत र सलहेशबिचको प्रतिस्पर्धा



ताप्लेजुङ, भदौ १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा पहिलो सेमिफाइनल खेल अन्तरगत भारतको जर्जियन युनाइटेड फुटबल क्लब र सलहेश युवा क्लब सिराहाबिच प्रतिस्पर्धा हुने भएको छ । मङ्गलबार फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने पहिलो सेमिफाइनल खेलमा भार र सलहेशबिच प्रतिस्पर्धा हुने भएको हो ।

खेल दिउसो तीन बजेबाट सुरु हुने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । भारतले शुक्रबार भएको उद्‌घाटन खेलमा आयोजक–११ ताप्लेजुङलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तयार गरेको थियो । यस्तै आइतबार भएको तेस्रो क्वाटर फाइनल खेलमा सातदोबाटो फुटबल क्लब ललितपुरलाई पराजित गर्दै साविक विजेता सलहेशले सेमिफाइनलमा भारत सँगको भेट पक्का गरेको हो ।

यता बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा झापा–११ र पाँचथरको फिदिम स्पार्टिङ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । सोमबार भएको अन्तिम क्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा–११ ले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । यस्तै शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा चित्लाङ फुटबल क्लबलाई ट्राइबेकरमा पराजित गर्दै पाँचथरले सेमिफाइनलको यात्रा तय गरेको थियो ।

खेलमा आठ वटा टिमको सहभागिता रहेको थियो । लाखेजात्राको अवसरमा हरेक वर्ष सञ्चालन हुँदै आइरहेको प्रतियोगिता २०८० सालदेखि ताप्लेजुङ गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ । प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल उपलब्ध गराइने सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले बताउनुभयो । योसँगै विभिन्न विधाका उत्कृष्ट खेलाडी र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाईसमेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

यस्तै, भाग्यशाली एक जना दर्शकले स्कुटर उपहार पाउने छन् ।

प्रकाशित मिति : 6:11 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन