ताप्लेजुङमा सवारी जाँच कडाइ



ताप्लेजुङ, भदौ ११ गते । ताप्लेजुङमा सवारी जाँचलाई कडाइ गरिएको छ । लाखेजात्राको अवसरमा सञ्चालन हुने ताप्लेजुङ गोल्डकपलाई मध्यनजर गर्दै सवारी जाँचलाई कडाइ गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी सहायक निरीक्षक मानबहादुर माझीका अनुसार ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा सवारी जाँचलाई तिव्रता दिदैँ कडाइ गरिएको छ । यस अघि दुईतर्फी नै आवत जावत रहेको फुङलिङ बजारमा ट्राफिक व्यवस्थापनका लागि वानवे (एकतर्फी) लागू गरिएको छ ।

जात्राको अवसरमा बजारमा मानिसको चहलपहल बढि हुँदा सडक समेत अस्त व्यस्त हुने भएकाले वानवे प्रणाली लागू गरि कडाइका साथ सवारी जाँच गर्दै आइरहेको ट्राफिक प्रहरी सहायक हवलदार सुवास काङबाङले बताउनुभयो । उहाँका अनुसार सदरमुकाम आसपासका विभिन्न क्षेत्रमा ट्राफिक प्रहरी खटाई सवारी जाँचलाई प्रभावकारी बनाइएको छ ।

बजार भित्र जथाभावीरुपमा चार पाङ्ग्रे सवारी साधनलाई पार्किङका लागि निषेध गरिएको छ । अव्यवस्थित रुपमा पार्किङ गर्ने सवारी साधनलाई वील लक गरी कारबाहीको दायरामा ल्याइएको प्रहरी जनाएको छ । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको चौथो संस्करण शुक्रबारदेखि भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा सुरु हुँदै छ ।

यस्तै साउन महिनामा ६० वटा सवारी साधन कारबाहीमा परेका छन् । जसमा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी सधान कारबाहीमा परेका छन् । सहायक हवलदार काङ्बाङका अनुसार साउनमा ३१ वटा मोटरसाइकल कारबाहीमा परेका हुन् । त्यस्तै कार जिप १४, ट्रयाक्टर ८, ट्रक ५ र अट्टो दुई वटा कारबाहीमा परेका छन् ।

उक्त सावरी साधन कारबाहीबाट ६५ हजार ५०० रुपियाँ राजश्व सङ्कलन भएको छ । त्यस्तै गत आर्थिक वर्षमा ८५१ वटा सवारी साधन कारबाहीमा पर्दा ८ लाख ७ हजार ५०० रुपियाँ राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 12:02 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन