आठराई त्रिवेणीका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन



ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका पाँचवटै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएका छन् । दोभानस्थित सामुदायिक स्वास्थ्य इकाईमा रहेको बर्थिङ सेन्टरबाट समेत प्रसूति सेवा सुरु भएपछि पालिकाका सबै वडामा संस्थागत प्रसूति सेवा उपलब्ध भएको हो ।

गाउँपालिकाले सबै वडामा आवश्यक सुविधासहितका बर्थिङ सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको थियो । सोही अभियानअन्तर्गत दोभान सामुदायिक स्वास्थ्य इकाईबाट पहिलोपटक प्रसूति सेवा प्रदान गरिएको छ । उक्त केन्द्रबाट पहिलोपटक एक जना महिलाले प्रसूति सेवा लिँदै नवजात शिशुलाई जन्म दिनुभएको थियो ।

पाँचवटै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ । उहाँले आफू निर्वाचित भएपछि बसेको पहिलो बैठकबाटै पालिकाका सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेको बताउनुभयो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समीर प्रधानका अनुसार पालिकाभित्र ११ वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् । तीमध्ये सात वटा स्वास्थ्य चौकी, एउटा आधारभूत स्वास्थ्य चौकी र तीन वटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन् ।

प्रधानका अनुसार आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाका विभिन्न बर्थिङ सेन्टरबाट ५५ जनाले संस्थागत रूपमा प्रसूति सेवा लिएका थिए । चालु आर्थिक वर्षको साउन महिनामा पाँच जनाले संस्थागत प्रसूति सेवा लिएका छन् । यस्तै, भदौ महिनाको पहिलो सातासम्म दोभान सामुदायिक स्वास्थ्य इकाईबाट एक जनासहित चालु आर्थिक वर्षमा हालसम्म छ जनाले संस्थागत प्रसूति सेवा लिइसकेका छन् ।

सबै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि गर्भवती महिलालाई प्रसूति सेवाका लागि टाढा जानुपर्ने बाध्यता कम हुनुका साथै सुरक्षित मातृत्व सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : 6:02 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन