ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक



ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका जिल्लाका पर्यटकीय स्थलहरुबाट सार्वजनिक गरिएको छ । आगामी भदौ १२ गतेबाट सञ्चालन हुने चौथो संस्करणको प्रतियोगिताबाट पर्यटन प्रवर्द्धनका लागि ताप्लेजुङको पर्यटकीय क्षेत्रमार्फत खेल तालिका सार्वजनिक गरिएको हो ।

लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार फकताङलुङ गाउँपालिकाको ५ हजार ३ सय मिटरको उचाइमा रहेको स्याम्दो ताल, ४ हजार ७ सय मिटरको उचाइमा रहेको सिङजेमा ताल, ओलाङचुङगोलामा अवस्थित ८ सय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा, मिक्वाखोला गाउँपालिकाको पर्यटकीय क्षेत्र लोदेन लगायतका क्षेत्रबाट एक साथ खेल तालिका सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको तालिका अनुसार उद्‌घाटन खेलमा आयोजक ताप्लेजुङ ११ र जर्जियन युनाइटेड फुटबल क्लब भारतबीच प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै भदौ १३ गतेको हुने क्वार्टरफाइनलको दोश्रो खेलमा चित्लाङ फुटबल क्लब र फिदिम स्पोर्टिङ क्लब मैदान उत्रने भएका छन् । तालिका अनुसार भदौ १४ गते हुने तेश्रो खेलमा सातदोबाटे फुटबल क्लब र गत वर्षको विजेता सलहेश युवा क्लबबीच आमनेसामने हुने भएको छ । यस्तै क्वाटर फाइनल चरणको अन्तिम खेलमा झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच भिडन्त हुनेछ । सेमिफाइनल चरणका खेलहरू भदौ १६ र १७ गते तथा फाइनल खेल भदौ १९ गते हुनेछ ।

गत वर्षको गोल्डकपको खेल तालिका प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरबाट सार्वजनिक गरिएको थियो भने यस वर्ष थप पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न पर्यटकीय क्षेत्रमार्फत सार्वजनिक गरिएको समितिले जनाएको छ । विभिन्न नयाँ ठाउँका खेलाडीलाई पर्यटकीय क्षेत्रमा भ्रमण गराउने समेत समितिको योजना रहेको अध्यक्ष मादेनको भनाइ छ ।

समितिले क्वाटर फाइनल चरणका चार ओटा खेलका लागि नगद दुई सय रुपियाँ, सेमिफाइनल चरणका लागि तीन सय र फाइनलका लागि पाँच सय रुपियाँ टिकट दर निर्धारण गरेको छ ।

यस वर्षको प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८३ रुपियाँ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटर साइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडी र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाई समेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : 11:38 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन