मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक



ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउन ६ विधाका खेल प्रशिक्षकको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाले फुटबल, भलिबल, सितोरियो कराँते, उसु, तेक्वान्दो र कबड्डी विधामा नियमित प्रशिक्षण सञ्चालन गर्न प्रशिक्षक व्यवस्थापन गर्ने जनाएको हो ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार खेलाडीको क्षमता विकाससँगै खेलकुदमा दक्ष, अनुशासित र व्यावसायिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रशिक्षकको व्यवस्था गर्न लागिएको हो । यसअघि गाउँपालिकाले फुटबल, भलिबल, तेक्वान्दो, कराँते र उसु गरी पाँच विधाका प्रशिक्षकलाई सेवा करारमा नियुक्त गरी पालिकाभित्रका विद्यालयमा तालिका बनाएर प्रशिक्षण सञ्चालन गर्दै आएको थियो ।

मैवाखोला गाउँपालिका जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार दुई पटक विजेता बनेको स्थानीय तह हो । खेलकुदमा विद्यालय तहदेखि नै विद्यार्थीको रुचि र क्षमता पहिचान गर्ने उद्देश्यले गाउँपालिकाले विभिन्न विधामा प्रतियोगितासमेत सञ्चालन गर्दै आएको छ ।

अध्यक्ष वनेमले खेलकुदलाई गाउँपालिकाको पहिचान र गौरवसँग जोड्दै खेलाडीको व्यावसायिक भविष्य सुनिश्चित गर्ने नीति लिइएको बताउनुभयो । उहाँका अनुसार खेलाडीलाई आर्थिक तथा सामाजिक संरक्षणसँगै आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ मा युवा तथा खेलकुद क्षेत्रका लागि ६९ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटमार्फत प्रशिक्षण, प्रतियोगिता, खेलाडी प्रोत्साहन तथा खेलकुद पूर्वाधारलगायतका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 6:20 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन