१२ बोरे बन्दुकसहित युवक पक्राउ



ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङमा १२ बोरे बन्दुकसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको फक्ताङलुङ गाउँपालिकाबाट १२ बोरे बन्दुक एक थानसहित एक युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–५ बेलडाँगी घर भई हाल ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ मा डेरा गरी बस्दै आएका २९ वर्षीय मुस्कान दियाली रहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी बिन्देश्वर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी चौकी लुङथुङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले दियालीलाई बन्दुकसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा दाखिला गराएको छ । बरामद भएको बन्दुकसहित दियालीमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–६ अन्तर्गत हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी यादवले बताउनुभयो ।

प्रहरीले बरामद भएको बन्दुक कहाँबाट ल्याइएको हो र त्यसको प्रयोगसम्बन्धी विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : 5:10 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन