उन्टर तोडफोड गरी नगद चोरी गर्ने व्यक्ति पक्राउ



ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडास्थित बसपार्कमा रहेको मेवा ताप्लेजुङ यातायात सेवा प्रालिको काउन्टर तोडफोड गरी नगद तथा विभिन्न सामान चोरी गर्ने एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार काउन्टरबाट नगद ६० हजार रुपैयाँ, एटीएम कार्ड, हेल्मेटलगायतका सामान चोरी भएको थियो । गत साउन २९ गते राति अज्ञात व्यक्तिले काउन्टर तोडफोड गरी चोरी गरेको र त्यसको जानकारी साउन ३० गते बिहान करिब ५ बजे प्रहरीलाई प्राप्त भएको थियो ।

सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको थियो । प्रहरीले घटनास्थल तथा आसपास क्षेत्रमा रहेका सीसीटीभी क्यामेराको फुटेज अध्ययन तथा विश्लेषण गर्दै चोरीमा संलग्न व्यक्तिको खोजी गरेको जनाएको छ ।

अनुसन्धानका क्रममा चोरीमा संलग्न रहेको आरोपमा झापाको भद्रपुर नगरपालिका–४ का १९ वर्षीय इन्सान लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । लिम्बुलाई साउन ३० गते राति करिब १० बजे चोरी भएका नगद, एटीएम कार्ड र हेल्मेटलगायतका सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लिम्बुमाथि घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बिन्देश्वर यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 5:06 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी