फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली लागू



ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङ्लिङ बजारमा चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू गरिने भएको छ । बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न एकतर्फी यातायात प्रणाली लागू गरिने भएको हो ।

नयाँ व्यवस्थाअनुसार तोक्मेतर्फ जाने सवारीसाधन बुद्धचोक–तोक्मे हाट हुँदै बाहिरिनुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख सुवास काम्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार तोक्मेबाट बजार प्रवेश गर्ने सवारी दोबाटो हुँदै आउनुपर्नेछ ।

यस्तै दोबाटोबाट कोप्चे हुँदै वीरेन्द्रचोक जान सकिने भए पनि वीरेन्द्रचोकबाट कोप्चे हुँदै पुनः दोबाटोतर्फ जान भने पाइने छैन । बजारमा बढ्दो सवारी चाप, साँघुरा सडक र पर्याप्त पार्किङस्थलको अभावका कारण एकतर्फी यातायातको व्यवस्था गर्नुपरेको निमित्त प्रमुख काङ्बाङको भनाई छ । चाडपर्व, मेला तथा उत्सवका समयमा थपिने सवारी चापलाई समेत ध्यानमा राखेर नयाँ व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

ट्राफिक प्रहरीले चालकलाई नयाँ व्यवस्थाबारे जानकारी गराउने काम भइरहेको जनाउँदै सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई जरिवानासहित कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

प्रकाशित मिति : 6:13 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन