ताप्लेजुङमा ९७ प्रतिशत धान रोपाइँ



ताप्लेजुङ, साउन २८ गते । ताप्लेजुङमा गत वर्षको तुलना यस वर्ष करिब २१ प्रतिशत बढी धान रोपाइँ भएको छ । जिल्लाका विभिन्न कृषियोग्य जमिनमा गतवर्षको तुलनामा यसवर्षको हालसम्म २१ प्रतिशत बढी धान रोपाइँ भएको हो । 

कृषि ज्ञान केन्द्र ताप्लेजुङका निमित्त कार्यालय प्रमुख तथा कृषि प्रसार अधिकृत विजय श्रेष्ठका अनुसार यस वर्ष ९७ प्रतिशत बढी रोपाइँ सम्पन्न भएको छ । उहाँका अनुसार गत वर्षको यही अवधिसम्ममा ७६ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको थियो । 

जिल्लाका ५ हजार ४९६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । उहाँका अनुसार कुल ५ हजार ६ सय ६६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ५ हजार ४९६ बढी हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ । 

यस वर्ष समयमै वर्षा भएकाले गत वर्षको तुलनामा बढी कृषकले रोपाइँ गर्न सफल भएको अधिकृत श्रेष्ठको भनाइ छ । ताप्लेजुङ सहितका जिल्लामा यस वर्ष गत फागुन अन्तिम सातादेखि नै निरन्तर वर्षा भइरहेको छ । जसका कारण कृषकलाई सिँचाइ पर्याप्त हुँदा समयमा नै धानको बिउ राखेकाले धेरै रोपाइँ भएको कार्यालयको भनाइ छ । 

अधिकृत श्रेष्ठका अनुसार ताप्लेजुङमा करिब डेढ महिनाको अवधिमा ७२ प्रतिशत बढी रोपाइँ भएको छ । गत असार १५ गतेसम्ममा करिब २५ प्रतिशत मात्र रोपाइँ थियो । असार १५ देखि यता प्रमुख सिजन भएकाले रोपाइ ह्वात्तै वृद्धि भएको कार्यालयको भनाइ छ । 

कार्यालयका अनुसार अहिले पनि जिल्लाका होचा भूभागमा रोपाइँको कार्य जारी रहेको छ । ताप्लेजुङमा भदौ पहिलो सातासम्म रोपाइँ हुने गरेको छ । भदौ पहिलो सातासम्ममा कुल क्षेत्रफलको करिब ९५ प्रतिशत भूभागमा रोपाइँ हुने कार्यालयको प्रक्षेपण रहेको थियो तर, साउन अन्तिममा नै ९७ प्रतिशत बढि रोपाइँ सम्पन्न भएको छ । 

प्रकाशित मिति : 12:17 pm

ताप्लेजुङमा ९७ प्रतिशत धान रोपाइँ

ताप्लेजुङ, साउन २८ गते । ताप्लेजुङमा गत वर्षको तुलना यस

आठराई त्रिवेणी गाउँपालिका स्वास्थ्य सेवामा जिल्लाकै उत्कृष्ट

ताप्लेजुङ, साउन २८ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका स्वास्थ्य

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित