ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो



ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो संस्करणको टिकट दर घटाइएको छ । लाखेजात्रा सञ्चालन समितिले आगामी भदौ १२ गते देखि सञ्चालन गर्ने प्रतियोगिताको टिकट दर घटाएको हो ।

समितिका अध्यक्ष सागर मादेनका अनुसार क्वाटरफाइनमा दुई सय रुपैयाँ, सेमिफाइनलमा तीन सय रुपैंया र फाइनलका लागि पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । समितिको आधिकारिक अफिसियल फेसबुकमार्फत अध्यक्ष मादेनले श्रव्य दृश्य सार्वजनिक गर्दे टिकट दर घटाइएको जानकारी दिनुभएको हो ।

यस अघि समितिले क्वाटरफाइनमा तिन सय रुपैयाँ, सेमिफाइनलको लागि पाँच सय रुपैयाँ र फाइनलका लागि एक हजार रुपैयाँ टिकट दर तोकेको थियो । सो टिकट प्रति जिल्ला बासिले चौतर्फी आलोचना गरे पछि समितिले टिकट दर समायोजन गरेको हो ।

गत वर्ष करिब टिकटबाट ३० लाभ रुपैयाँ भन्दा बढी सङ्कलन गरेको समितिले क्वाटर फाइनलमा एक सय, सेमिफाइनलमा दुई सय र फाइनलमा दुई सय पचास रुपैयाँ टिकट दर निर्धारण गरेको थियो । हरेक वर्ष आर्थिक सहयोग मागेर खेल सञ्चालन गरिरहेको समितिले टिकटलाई समेत प्रमुख आयश्रोतको रुपमा लिएको छ । जसका कारण लाखौँ रकम खर्चिएर दर्शकको व्यवस्थापनका लागि अस्थायी प्याराफिट निर्माणको कार्यलाई तिव्रता दिएको छ ।

जिल्लामा सुविधा सम्पन्न रङ्गशाला नहुदाँ हरेक वर्ष लाखौँ रकम खर्चिएर बाँसको अस्थायी प्याराफिट निर्माण गर्न समितिको बाध्यता रहेको छ । गोल्ड कपमा प्रतिष्ठित क्लबहरूको सहभागिता रहने सञ्चालन समितिका अध्यक्ष मादेनले जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङको प्रतिनिधित्व गर्ने एक टिम सहित जम्मा ८ टिमको सहभागिता रहनेछ ।

गोल्डकपको विजेताले नगद सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । ताप्लेजुङ गोल्डकप समग्र जिल्लाको पर्यटन प्रवर्द्धनका लागि सञ्चालन गरिने भएकाले यस वर्षको खेल तालिका भने पर्यटकीय क्षेत्र समुद्री सतहदेखि करिब पाँच हजार ३०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७, मा रहेको स्याम्दो पोखरी मार्फत गरिने अध्यक्ष मादेनको भनाई छ । गत वर्ष भने प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरबाट गरिएको थियो ।

गोल्ड कप सञ्चालनका लागि ९९ सय लाख लागत लाग्ने अनुमान गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

प्रकाशित मिति : 8:27 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी