अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न



ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित सामग्री उत्पादन सम्बन्धी १५ दिने सीप विकास तालिम सम्पन्न भएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले फुङलिङ नगरपालिका–१० फुरुम्बुको सहकार्यमा सञ्चालन भएको तालिम मङ्गलबार सम्पन्न भएको हो ।

डाँफे वर्कस इन्टर प्राइजेज नेपालको प्राविधिक सहयोगमा गत साउन १२ गतेदेखि सञ्चालित तालिममा स्थानीय क्षेत्रमा पाइने अल्लो लगायतका कच्चा पदार्थबाट आकर्षक सामाग्री उत्पादन सम्बन्धी तालिमको समापन भएको मञ्चका कार्यक्रमका संयोजक रमेश राईले बताउनुभयो । उहाँका अनुसार तालिमको सहजीकरण प्राइजेजबाट खटिनु भएका मीना लोहनी, रोश्ना महर्जन र सुजना शाक्य गर्नु भएको थियो ।

यसअघि अल्लोबाट उत्पादित आधारभुत तालिम प्रदान गरिएको फुरुम्बुका १६ जना महिलालाई नै थप एडभान्स तालिम प्रदान गरिएको संयोजक राईको भनाइ छ । स्थानीय कच्चा पदार्थको उपयोग गरेर महिलाहरूको जीविकोपार्जनमा सुधार ल्याउन यस तालिमले लाभ पु¥याएको मञ्चका विश्वास रहेको छ ।

अल्लोबाट ९ प्रकारका सामग्री उत्पादन गर्न र ती उत्पादित सामाग्रीमा आकर्षक डिजाइन लगाउन प्रशिक्षार्थीहरू सफल भएको तालिममा सहभागी चन्द्रकुमारी लिम्बूको भनाइ थियो । आकर्षक डिजाइनमा विभिन्न सामाग्री तयार गर्न सक्षम भएकाले बजारीकरणमा थप मदत पुग्ने उहाँको विश्वास छ ।

तालिमका सहभागीलाई सहभागिताको प्रमाण पत्र बितरण पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले सिकेको सीपलाई व्यवहारिक जीवनमा उतार्न सहभागीलाई आग्रह गर्नुभयो । ओझाले डिभिजन वन कार्यालय र नगरपालिकाको आर्थिक सहयोगमा हिमाली संरक्षणले उद्यमशीलता प्रर्वद्धन केन्द्र निर्माण गरेर उद्यमशीलता तालिम प्राप्त गरेकाहरूलाई उद्यम सृजना सहयोग गर्न केन्द्र निर्माण गरेकोमा आभार प्रकट गर्नुभयो । स्थानीय कच्चा पदार्थको उपयोगबाट निर्मित सामग्रीको बजारीकरणमा आफू र नगरपालिकाले सहयोग गर्ने ओझाको बचन थियो । फुङलिङ नगरपालिकाले बजारीकरणको अभाव हुन नदिने गरी योजना तय गरेको ओझाले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै फुङलिङ नगरपालिका वडा नं. १० का वडाध्यक्ष सन्तोष लिम्बूले उद्यमशीलता तालिम लिएका महिलाहरूलाई व्यवसायिक रुपले उत्पादन थाल्न सहभागीलाई आग्रह गर्दै कच्चा पदार्थका स्रोतहरूको दिगो संरक्षण र प्रर्वद्धनमा वडा र नगरपालिकाकोतर्फबाट सहयोग गर्ने बताउनुभयो । वडाध्यक्ष लिम्बूले उद्यमशीलता प्रर्वद्धन र रोजगारी सृजना गरी आयआर्जनमा टेवा पुग्नेगरि काम गर्न आफूहरू तयार रहेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी, पाथीभरा आधारभूत विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर थापा, मुख्य प्रशिक्षक लोहनी सहितले प्रशिक्षार्थीलाई तालिमबाट प्राप्त भएको सीपबाट प्रशस्तै लाभ लिनुका साथै बजारीकरणका निम्ति विभिन्न निकायलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : 8:19 pm

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको