मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल



ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको सिलाम साक्माको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले प्रतिमा निर्माण गरिएको छ । भावी पुस्तासम्म सांस्कृतिक सम्पदा हस्तान्तरण गर्ने लक्ष्यसहित गाउँपालिकाले ५४ फिट उचाइ र ५४ फिट चौडाइको प्रतिमा निर्माण गरिएको हो ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार सिलाम साक्मा पछिल्लो समय लिम्बू समुदायमा मात्र सीमित नरही विभिन्न सार्वजनिक कार्यक्रम र औपचारिक समारोहमा समेत प्रयोग हुन थालेको छ । यसको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्न प्रतिमा निर्माण गरिएको उहाँले बताउनुभयो ।

लिम्बू भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’को अर्थ बाटो र ‘साक्मा’को अर्थ छेक्नु भन्ने बुझिन्छ । लिम्बू समुदायको धार्मिक विश्वासअनुसार सिलाम साक्माले मृतात्माको बाटो छेक्ने तथा जीवित व्यक्तिलाई सकारात्मक ऊर्जा, स्वास्थ्य, स्फूर्ति र उच्च मनोबल प्रदान गर्ने विश्वास रहिआएको छ ।

गाउँपालिकाको प्रशासकीय केन्द्र साँघुमा हालै सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको अवसरमा पनि विशाल आकारको सिलाम साक्मा निर्माण गरी प्रदर्शन गरिएको थियो । वर्गाकार स्वरूपमा तयार गरिएको ५४–५४ फिटको प्रतिमासँगै विभिन्न आकारका सिलाम साक्मा प्रदर्शनीमा राखिएपछि स्थानीय तथा बाह्य आगन्तुकको आकर्षण बढेको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगिताका लागि निर्माण गरिएको अस्थायी संरचनापछि सोही स्थानमा स्थायी सिलाम साक्मा प्रतिमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सिलाम साक्मा लिम्बू समुदायले आफ्नो सांस्कृतिक पहिचान झल्काउने प्रतीकका रूपमा प्रयोग गर्दै आएका छन् । धार्मिक तथा सांस्कृतिक कर्मकाण्डमा फेदाङ्मा, येबा, साम्बा र बिजुवाले बाँसको सिन्का तथा उनीको धागो प्रयोग गरेर सिलाम साक्मा निर्माण गर्ने परम्परा रहँदै आएको छ । लिम्बू थाक्थुङ मुन्धुमअनुसार यसको विशेष धार्मिक महत्व रहेको विश्वास गरिन्छ ।

पछिल्ला वर्षहरूमा बाँस, धागो तथा विभिन्न धातुबाट सिलाम साक्मा निर्माण गरी घर, कार्यालय र सार्वजनिक स्थलमा राख्ने चलन पनि बढ्दै गएको छ । गाउँपालिकाले प्रतिमा निर्माणमार्फत लिम्बू संस्कृतिको मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने अपेक्षा गरेको छ ।

प्रकाशित मिति : 6:03 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन