ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न



ताप्लेजुङ, साउन २१ गते । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको ताप्लेजुङ जिल्लास्तरीय वार्षिक समीक्षा सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, करुणा फाउण्डेसन नेपाल र स्थानीय तहको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको आर्थिक वर्ष २०८२–०८३ को जिल्लास्तरीय वार्षिक समीक्षा बैठक सम्पन्न भएको हो । 

वार्षिक समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदन अनुसार ताप्लेजुङ जिल्लामा हाल २ हजार ६ सय १७ जना अपाङ्गता भएका व्यक्ति रहेका छन्। तीमध्ये ३२२ जना बालबालिका र २ हजार २ सय ८८ जना वयस्क रहेका छन्। कार्यक्रम लागू हुनुअघि १ हजार ६ सय ३९ जनाले मात्र अपाङ्गता परिचयपत्र प्राप्त गरेका थिए। कार्यक्रम कार्यान्वयनपछि थप ९४२ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन्। हालसम्म २ हजार ५ सय ८१ जनाले परिचयपत्र प्राप्त गरिसकेका छन् भने ३६ जनाको आवश्यक कागजात अपुग भएकाले परिचयपत्र वितरण प्रक्रिया जारी रहेको जानकारी दिइएको छ।

समीक्षा बैठकमा कार्यक्रम सञ्चालन हुनुअघि अपाङ्गता भएका व्यक्तिहरूको सरकारी सेवामा पहुँच, उपचार, पुनःस्थापना, शिक्षा, जीविकोपार्जन तथा सामाजिक सहभागिता अपेक्षाकृत कमजोर रहेको उल्लेख गरिएको थियो। कार्यक्रम लागू भएपछि अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, परिचयपत्र वितरण, स्वास्थ्य उपचारमा पहुँच, सहायक सामग्री वितरण, विद्यालय भर्ना, छात्रवृत्ति वितरण, व्यवसायिक सीप विकास, सहकारी गठन तथा सुदृढीकरण, अपाङ्गता भएका व्यक्तिहरूको संस्था ९ओपिडी० र मिलिजुली समूहको संस्थागत विकासमा उल्लेखनीय सुधार आएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०८२–०८३ मा कार्यक्रमका लागि विनियोजित बजेटमध्ये ९१.४४ प्रतिशत बजेट खर्च भएको जानकारी दिँदै अधिकांश कार्यक्रमहरू लक्ष्यअनुसार सम्पन्न भएको समीक्षा बैठकमा उल्लेख गरिएको थियो। साथै आगामी आर्थिक वर्षमा रातो अपाङ्गता परिचय पत्र भएका व्यक्तिहरूको स्वास्थ्य बीमा, जन्मदोष पहिचान, फोलिक एसिड वितरण, सहकारीहरूको व्यवसायिक विकास, तथ्याङ्क व्यवस्थापन (एमआईस) तथा अपाङ्गता समावेशी विकासलाई थप प्रभावकारी बनाउने योजना प्रस्तुत गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशकी पूर्व स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको भन्दै खुसी व्यक्त गर्नुभयो। साथै उहाँले स्वास्थ्य, शिक्षा, सामाजिक सहभागिता र जीविकोपार्जनका क्षेत्रमा कार्यक्रमले उल्लेखनीय उपलब्धि हाँसिल गरेको उल्लेख गर्दै यस्ता प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेकोमा जोड दिनुभयो।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित बैठकमा पूर्व स्वास्थ्य मन्त्री सहित जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख तथा विभिन्न स्थानीय तहका उपाध्यक्ष तथा नगर उपप्रमुख, कार्यक्रमको सम्पर्क व्यक्तिहरू साथै सरोकारवाला निकायका प्रमुख तथा प्रतिनीधिहरुको उपस्थिति रहेको थियो । समीक्षा बैठकमा सहभागीहरूले कार्यक्रमको प्रभावकारिता अझ बढाउन स्थानीय तहको स्वामित्व, प्रभावकारी समन्वय तथा दिगोपनामा विशेष जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

प्रकाशित मिति : 1:34 pm

मैवाखोलाले विपन्न नागरिकको स्वास्थ्य बीमा गरिदिने

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक रूपमा

ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

ताप्लेजुङ, साउन २१ गते । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको

पालिका अध्यक्षको पारिश्रमिक अभिभावकविहीन बालबालिकालाई

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन

तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने कार्य सुरु

ताप्लेजुङ, साउन २१ गते । तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ

ताप्लेजुङ गोल्ड : आयोजक टोलीबाट खेलाडी छनोट,  सबै खेलाडी जिल्ला भित्रकै 

ताप्लेजुङ, साउन २१ गते । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड