ताप्लेजुङ गोल्ड : आयोजक टोलीबाट खेलाडी छनोट,  सबै खेलाडी जिल्ला भित्रकै 



ताप्लेजुङ, साउन २१ गते । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपका लागि आयोजक टोलीबाट प्रतिस्पर्धा गर्ने १७ खेलाडी छनोट भएका छन् । साउन १८ र १९ गते सम्पन्न दुईदिने छनोट प्रतियोगिताका आधारमा खेलाडी छनोट गरिएको हो । 

जसमा सागर श्रेष्ठ, प्रनिस गुरुङ, भाईचुङ शेर्पा, नवीन खवास, सुनुयोजित यक्सो, सञ्जुहाङ साँवा, सविन तामाङ, सविन लिम्बू, विवेक लिम्बू, शिशिर राई, मञ्जित लिम्बू, विवेक मादेन, पवन लिम्बू, पासाङ शेर्पा, दीपेश लिम्बू, आकाश लिम्बू र सुहाङ लिम्बूलाई आयोजक टोलीका लागि छनोट गरेको खेलाडी छनोट उपसमितिले जनाएको छ । 

छनोट उपसमितिमा जिल्ला फुटबल सङ्घका प्रशिक्षक देवकुमार मादेन, सन्तोष गुरुङ, रमेश चोङबाङ र दीपेश आङवुहाङ रहनुभएको थियो । यो वर्ष सबै जिल्ला भित्रकै खेलाडी रहेको छनोट उपसमितिले जनाएको छ । छनोटमा सहभागी भए पनि अन्तिम सूचीमा पर्न नसकेका खेलाडीलाई प्रतियोगिताका सबै खेल निःशुल्क अवलोकन गर्न दिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

भदौ १२ देखि १९ गतेसम्म फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको तयारीस्वरूप अस्थायी प्याराफिट निर्माण, खेल मैदान व्यवस्थापन तथा अन्य पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको छ । 

प्रतियोगितामा आयोजक टोलीसँगै नेपालका चर्चित क्लब तथा भारत र भुटानका प्रतिष्ठित टोलीलाई सहभागी गराउने तयारी अन्तिम चरणमा पुगेको लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । यस्तै यो वर्ष पुरस्कार राशि पनि बढाउने तयारीमा रहेको सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाले बताउनुभयो । उहाँका अनुसार तग वर्ष गोल्डकपको विजेताले नगद सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

ताप्लेजुङ गोल्डकप समग्र जिल्लाको पर्यटन प्रवर्द्धनका लागि सञ्चालन गरिने भएकाले यस वर्षको खेल तालिका भने पर्यटकीय क्षेत्र समुद्री सतहदेखि करिब पाँच हजार ३०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७, मा रहेको स्याम्दो पोखरी मार्फत गरिने अध्यक्ष मादेनको भनाई छ । गत वर्ष भने प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरबाट गरिएको थियो ।

गोल्ड कप सञ्चालनका लागि ९९ सय लाख लागत लाग्ने अनुमान गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

प्रकाशित मिति : 6:03 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा