ताप्लेजुङमा नयाँ  ‘त्रिवेणी फिडर’ सञ्चालनमा आयो



ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङको हिटी सबस्टेसनबाट नयाँ ‘त्रिवेणी फिडर’ सञ्चालनमा आएको छ । शुक्रबार परीक्षणका लागि नो लोडमा सञ्चालन गरिएको फिडर शनिबारदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको हो । 

नयाँ फिडरमार्फत अब आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकामा विद्युत आपूर्ति गरिने नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका कार्यालय प्रमुख उमेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि एउटै फिडरमार्फत आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकामा विद्युत आपूर्ति हुँदै आएको थियो । 

एउटै फिडर अत्यधिक लामो भएकाले सामान्य प्राविधिक समस्या आउँदा पनि पटक–पटक विद्युत अवरुद्ध हुने, मर्मतसम्भारमा बढी समय लाग्ने तथा सेवाको विश्वसनीयता कमजोर हुने समस्या थियो । सोही कारण नयाँ ‘त्रिवेणी फिडर’ सञ्चालनमा ल्याइएको प्रमुख श्रेष्ठको भनाई छ । नयाँ ‘त्रिवेणी फिडर’ सञ्चालनमा आएपछि विद्युत वितरण प्रणाली थप व्यवस्थित र भरपर्दो बन्ने अपेक्षा गरिएको छ । 

विशेषगरी आठराई त्रिवेणी र मैवाखोलाका उपभोक्ताले अधिक स्थिर विद्युत सेवा प्राप्त गर्नेछन् भने मेरिङ्देन र मिक्वाखोलामा पनि पुरानो फिडरको लोड घट्ने भएकाले आपूर्तिमा सुधार आउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : 6:29 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा