सिरिजङ्गा गाउँपालिकाद्वारा उत्कृष्ट कृषक, शिक्षक, कर्मचारीसहित ४८ जना सम्मानित



ताप्लेजुङ, असार २८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०८२–८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न क्षेत्रका व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

गाउँपालिकाले आइतबार आयोजित विशेष कार्यक्रममा उत्कृष्ट कर्मचारी, शिक्षक, कृषक, उद्यमी, स्थानीय भाषा शिक्षक, ज्येष्ठ नागरिक, खेलाडी, सगरमाथा आरोही, स्थानीय पत्रकार, उत्कृष्ट करदाता, सेवा निवृत्त महिला स्वास्थ्य स्वयंसेविका तथा टोल विकास संस्थासहित ४८ जना तथा संस्थालाई नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार उत्कृष्ट कृषकतर्फ सिरिजङ्गा–३ सिकैचाका पूर्णकुमार मेन्याङ्बो र सिरिजङ्गा–८ याम्फुदिनका प्रेमराज गुरुङलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारीतर्फ आईटी अफिसर मनोज उप्रेती, सहायक चौथो रविन घिमिरे, अहेव छिरिङ तामाङ लामा, कार्यालय सहयोगी राधा भट्टराई तथा भीमकुमार लिम्बु सम्मानित हुनुभयो । उप्रेतीले ४० हजार, घिमिरे र लामाले जनही ३० हजार तथा भट्टराई र लिम्बुले जनही २४ हजार रुपैयाँ नगदसहित सम्मान प्राप्त गर्नुभयो ।

त्यसैगरी उत्कृष्ट शिक्षकतर्फ सिनाम माध्यमिक विद्यालयका तुलसीराम पोखरेल, कञ्चनजङ्घा माध्यमिक विद्यालय याम्फुदिनका लक्ष्मीप्रसाद लिम्बु र भगवती आधारभूत विद्यालयकी चन्द्रकला भण्डारी सम्मानित हुनुभएको छ । पोखरेललाई ४० हजार तथा लिम्बु र भण्डारीलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय भाषा तथा संस्कृति संरक्षणतर्फ लक्ष्मीप्रसाद मावोलाई ४० हजार, उदीयमान म्याराथन धावक विभिषण लिम्बु, सगरमाथा आरोही सुशील गुरुङ तथा स्थानीय पत्रकार सन्तोष पुर्कुटीलाई जनही ४० हजार रुपैयाँसहित सम्मान गरिएको छ । त्यसैगरी सेसेलुङ झोला उद्योगकी मेनुका लिङ्देन, उत्कृष्ट करदाता श्यामबहादुर पौडेल, ज्येष्ठ नागरिक तथा सेवा निवृत्त महिला स्वास्थ्य स्वयंसेविकालाई पनि नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाभित्रका आठवटै वडाका २४ वटा उत्कृष्ट टोल विकास संस्थालाई पनि पुरस्कृत गरिएको छ । प्रथम हुने संस्थाले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ नगदसहित सम्मान प्राप्त गरेका छन्।

सम्मान तथा पुरस्कार गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान, प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बे तथा वडाध्यक्षहरूले संयुक्त रूपमा वितरण गर्नुभएको थियो ।

प्रकाशित मिति : 8:11 pm

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज

सिरिजङ्गा गाउँपालिकाद्वारा उत्कृष्ट कृषक, शिक्षक, कर्मचारीसहित ४८ जना सम्मानित

ताप्लेजुङ, असार २८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आर्थिक वर्ष

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी