आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग



ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । इन्स्योरेन्सले आफ्नो सामाजिक उत्तरदायित्व  कार्यक्रमअन्तर्गत ताप्लेजुङको फुङलिङस्थित समता विद्यालयलाई १ लाख रुपियाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो।

विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा कम्पनीले १ लाख रुपियाँ बराबरको चेक विद्यालयलाई हस्तान्तरण गरेको छ । चेक हस्तान्तरण गर्दै आइएमई लाइफका कोशी प्रदेश संयोजक छवि मगरले कम्पनीले शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले सहयोग उपलब्ध गराएको बताउनुभयो ।

उहाँका अनुसार प्रत्येक विद्यार्थीले शिक्षामा समान पहुँच प्राप्त गर्न सकून् भन्ने उद्देश्यले कम्पनीले सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षा समाज विकासको आधार भएकाले यस्ता सहयोगले विद्यालय र विद्यार्थीलाई थप उत्साह मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल कैलाश गुरुङले कम्पनीबाट प्राप्त सहयोगले विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय गतिविधिमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै आइएमई लाइफप्रति आभार व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा हुने यस्ता सहयोगले विद्यालयको समग्र विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।

विद्यालयका अनुसार प्राप्त सहयोग रकम विद्यार्थीको सिकाइ वातावरण सुधार तथा आवश्यक शैक्षिक सामग्री व्यवस्थापनमा खर्च गरिनेछ । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, आइएमई लाइफका बीमा अभियन्ता, स्थानीय सरोकारवाला व्यक्तित्व तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । 

आइएमई लाइफले देशका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक विकाससँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ । कम्पनीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : 7:00 am

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित