खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङद्धारा विशेष छुटमा चामल बिक्री सुरु



ताप्लेजुङ, असार १७ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले विशेष छुटमा चामल बिक्री गर्न सुरु गरेको छ । कम्पनीले गत असार १२ गतेदेखि पुनः छुट प्रदान गरेर चामल बिक्री गर्न सुरु गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका प्रमुख प्रकाश तिम्सिनाका अनुसार चामल प्रतिबोरा (२५ केजी) लाई २ सय ५० रुपियाँ छुट दिएर बिक्री गर्न सुरु गरिएको छ । उहाँका अनुसार यस अघि २ हजार १ सय रुपियाँमा बिक्री भएको स्ट्रिम जिरा मसिनो चामल हाल १ हजार ८ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रतिकिलोग्राम १० रुपियाँ छुट दिँदा उपभोक्ताले प्रतिबोरा २ सय ५० रुपियाँ छुट प्राप्त गर्ने कार्यालयले जनाएको छ । कार्यालय प्रमुख तिम्सिनाका अनुसार १ हजार ४ सय ७५ रुपियाँमा बिक्री गरिएको सोना मनसुली चामल हाल १ हजार २ सय २५ रुपियाँमा बिक्री भइरहेको छ ।

गत वैशाख १२ गतेबाट प्रतिबोरा (२५ केजी) लाई १ सय २५ रुपियाँ छुट प्रदान गरिएको थियो भने असार १२ गतेदेखि लागू हुने गरि पुन प्रतिबोरा २ सय ५० रुपियाँ छुट प्रदान गरिएको कार्यालय प्रमुख तिम्सिनाले बताउनुभयो । वर्षायाममा आवतजावतमा समस्या हुने भएकाले जति सक्दो नागरिकलाई समयमै उपलब्ध गराउने उद्देश्यले छुट दिइएको हो ।

वैशाखमा छुट प्रदान गर्दा करिब ३ सय क्विन्टल चामल बिक्री भएको थियो । हाल कार्यालयसँग कुल ९ सय ५० क्विन्टल चामल भण्डारणमा रहेको छ । जसअनुसार ६ सय ३० क्विन्टल जिरा मसिनो र ३ सय २० क्विन्टल चामल सोना मनसुली चामल भण्डारणमा रहेको कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्षमा १ हजार ३ सय ६० क्विन्टल चामल बिक्री भएको कार्यालय तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : 7:35 pm

ताप्लेजुङको पर्यटन विकासमा गुरुयोजना आवश्यक : मन्त्री लङ्वा

ताप्लेजुङ मङ्सिर ३ गते । कोशी प्रदेश सरकारका पर्यटन, वन

फुङ्फुङ्देन झरना पर्यटन मेला : आज दुई खेल हुने

ताप्लेजुङ, मङसिर ३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजित फुङ्फुङ्देन

फुङ्फुङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेला सुरु 

ताप्लेजुङ, मङसिर ३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा फुङ्फुङ्देन झरना

पाथीभरामा ४९ लाख ८७ हजार २०० भेटी सङ्कलन

ताप्लेजुङ, मङ्सिर २ गते । ताप्लेजुङको पाथीभरामा एक महिनामा ४९

ताप्लेजुङमा मनाइयो चासोक तङ्नाम (फोटोफिचर)

ताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङमा लिम्बू समुदायको महान् पर्व