नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प



ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई महिनादेखि नियमित हवाई सेवा ठप्प भएको छ । नेपाल वायु सेवा निगमको जहाजले गत जेठ २२ गते अन्तिम उडान गरेयता यात्रु अभाव र प्रतिकूल मौसमका कारण उडान ठप्प भएको हो ।

निगमले सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार नियमित उडान तालिका निर्धारण गरे पनि तालिकानुसार सेवा सञ्चालन हुन नसकेको सुकेटार स्टेसनका इन्चार्ज नारायण कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार पछिल्ला दिनमा कहिले मौसम प्रतिकूल बनेको छ भने कहिले पर्याप्त यात्रु नपुग्दा उडान रद्द हुँदै आएको छ ।

साउन १५ गते शुक्रबार पनि उडान गर्ने तयारी गरिए पनि दुवैतर्फबाट आवश्यक यात्रु सङ्ख्या नपुगेकाले अनिश्चितता कायमै रहेको छ । ताप्लेजुङबाट तीन जना यात्रुले टिकट लिएका भए पनि काठमाडौँबाट एक जना पनि यात्रु नभएको कार्कीले बताउनुभयो । उडान सञ्चालनका लागि काठमाडौँ र ताप्लेजुङ दुवैतर्फ कम्तीमा पाँच–पाँच जना यात्रु आवश्यक पर्ने व्यवस्था छ ।

नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले बालबालिकासहित काठमाडौँबाट १३ जना र ताप्लेजुङबाट १५ जनासम्म यात्रु बोक्ने क्षमता राख्छ । सुकेटारदेखि काठमाडौँसम्मको हवाई यात्रा करिब ५५ मिनेटमा पूरा हुने भए पनि पछिल्लो समय हवाई भाडा महँगो हुँदा यात्रुको आकर्षण घटेको सरोकारवालाको भनाइ छ ।

हाल काठमाडौँ–सुकेटार उडानको भाडादर ११ हजार ८०५ रुपियाँ र सुकेटार– काठमाडौँको ११ हजार ६०५ रुपियाँ कायम छ । इन्धनको मूल्यवृद्धि अघि यही रुटको भाडा करिब ६ हजार ४ सय रुपियाँ थियो । इन्धनको मूल्य बढेपछि भाडा १२ हजार ५ सय रुपियाँसम्म पुगेको थियो ।

पछिल्लो मूल्य समायोजनपछि केही घटे पनि भाडादर अझै उच्च रहेकाले यात्रु सङ्ख्या प्रभावित भएको निगमको भनाइ छ ।

प्रकाशित मिति : 6:11 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा