नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ



सौगात विष्ट 
ताप्लेजुङ, साउन १४ गते ।
नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) जिल्ला कार्य समिति ताप्लेजुङको कार्यवाहक अध्यक्षको जिम्मेवारी अर्जुन खिम्दिङलाई प्रदान गरिएको छ । नेविसंघ जिल्ला कार्य समिति ताप्लेजुङका अध्यक्ष लोकेश लङ्वा लिम्बूद्वारा जारी विज्ञप्ति मार्फत उक्त जिम्मेवारी खिम्दिङलाई प्रदान गरिएको हो ।

अध्यक्ष लङ्वाले जिल्ला अध्यक्षको जिम्मेवारीमा कार्यरत रहँदा विशेष कार्यव्यस्तताका कारण नियमित रूपमा संगठन सञ्चालन गर्न असहज भएको बनाउनुभएको छ । सोही अवस्थालाई मध्यनजर गर्दै नेपाल विद्यार्थी सङ्घको विधान २०७९ को दफा ७ को उपदफा (ङ) तथा संशोधित २०८२ बमोजिम अध्यक्षलाई प्राप्त अधिकार प्रयोग गरी अर्जुन खिम्दिङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको हो ।

कार्यवाहक अध्यक्षका रूपमा खिम्दिङले सङ्गठनको विधान, नियमावली र सङ्गठनात्मक मूल्य मान्यता अनुसार नेविसंघ ताप्लेजुङका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने नेविसंघले विश्वास व्यक्त गरिएको छ ।

उक्त निर्णयको बोधार्थ नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति ताप्लेजुङ तथा नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्य समिति, काठमाडौंलाई समेत पठाइएको छ। 

प्रकाशित मिति : 7:19 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा