सङ्घीयता कार्यान्वयन र विकासमा जोड दिन सांसद क्षितिज थेबेको आग्रह



ताप्लेजुङ, असार १६ गते । प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले संविधानको संस्थागत विकाससँगै सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति ताप्लेजुङको ९ औँ जिल्ला सभाको उद्‌घाटन गर्दै सांसद थेबेले यस्तो बताउनुभएको हो 

उहाँले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीचको समन्वय र सहकार्यबाट मात्रै जिल्लाको दिगो विकास सम्भव हुने उल्लेख गर्नुभयो । उहाँले जनप्रतिनिधिका रूपमा ताप्लेजुङको विकास, पूर्वाधार विस्तार, कृषि, पर्यटन तथा नागरिकको जीवनस्तर उकास्ने विषयमा निरन्तर पहल र पैरवी गर्दै आएको बताउनुभयो ।

यस्तै समन्वय समिति ताप्लेजुङको ९ औँ जिल्ला सभाबाट पारित भएका विकाससम्बन्धी प्रस्तावहरू कार्यान्वयनका लागि सङ्घीय सरकारसँग आवश्यक समन्वय र पहल गरिने समन्वय समिति प्रमुख छिरिङ लामाले बताउनुभयो । यो सँगै सभामा खानेपानी कार्यालय ताप्लेजुङमै स्थापना गर्ने, फुङलिङदेखि मिक्वाखोलास्थित फुङफुङ्गे झरनासम्म सडक कालोपत्रे गर्ने, सुकेटार विमानस्थल विस्तार तथा व्यवस्थापन गर्ने, अलैँची सुपरजोन कार्यक्रम लागू गर्ने लगायतका निर्णय भएको छ ।

जिल्ला सभाले खोला तथा नदी किनारका दोभान, याम्फुदिन, थिवा र चिरुवा क्षेत्रमा पहिरो नियन्त्रणका लागि दीर्घकालीन संरक्षणका उपाय अवलम्बन गर्न तथा ताप्लेजुङ–पाँचथर सीमास्थित काबेलीमा प्रवेशद्वार निर्माण प्रक्रिया अघि बढाउन सङ्घ र प्रदेश सरकारसमक्ष अनुरोध गर्ने निर्णय पनि गरेको छ।

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाका अनुसार सभाबाट पारित भएका सबै निर्णयहरू कार्यान्वयनका लागि सङ्घीय र प्रदेश सरकारसमक्ष औपचारिक रूपमा सिफारिस गरिनेछ ।

प्रकाशित मिति : 9:50 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी