पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख



ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२ करोड ८० लाख ९९ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष केशर सुब्बाको अनुमतिमा उपाध्यक्ष धनमाया गुरुङले गाउँसभाको २० औं बजेट अधिवेशन मार्फत उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

उपाध्यक्ष गुरुङले प्रस्तुत गर्नुभएको बजेटमध्ये सङ्घीय समानीकरण अनुदानमा १० करोड १९ लाख, सङ्घीय सशर्त अनुदान चालु तर्फ १९ करोड ६२ लाख र सङ्घीय सशर्त अनुदान पुँजीगत तर्फ एक करोड ३ लाख रुपियाँ बजेट छुट्याइएको छ । यस्तै सङ्घीय विषेश अनुदान चालुतर्फ एक करोड ८० लाख, समपूरक अनुदान पुँजीगत तर्फ दुई करोड ५२ लाख रुपियाँ रहेको छ ।

सङ्घीय राजश्व बाँडफाँडतर्फ ७ करोड २० लाख २ हजार रुपियाँ, प्रदेश समानीकरण अनुदान ९६ लाख १६ हजार प्रदेश सशर्त अनुदान चालुतर्फ ५१ लाख ६७ हजार, प्रदेश सशर्त अनुदान पूँजीगततर्फ ४२ लाख रुपियाँ, प्रदेश समपूरक अनुदान पूँजीगततर्फ एक करोड ६० लाख र प्रदेश राजश्व बाडँफाँडतर्फ ५६ लाख ५८ हजार ३८३ रुपियाँ रहेको छ ।

त्यस्तै आन्तरिक स्रोततर्फ ३२ लाख, आन्तरिक श्रोत अ.ल्या.रकमतर्फ ५ करोड ७९ लाख ५५ हजार ६१७, घरजग्गा रजिष्ट्रेशन दस्तुरतर्फ २ लाख र विभिन्न रोयल्टीका लागि २५ लाख रुपियाँ बजेट प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : 6:20 am

पत्रकार पन्दाक पुरस्कृत

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङका पत्रकार तथा गोरखापत्र दैनिकका

१२ बोरे बन्दुकसहित युवक पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङमा १२ बोरे बन्दुकसहित एक

उन्टर तोडफोड गरी नगद चोरी गर्ने व्यक्ति पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडास्थित बसपार्कमा

आठराई त्रिवेणीमा सम्पन्न निःशुल्क दन्त शिविरबाट दुई सय ५६ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सम्पन्न

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली लागू

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङ्लिङ बजारमा चारपाङ्ग्रे सवारीसाधनका