सिरिजङ्घाको बजेट ६० करोड ४२ लाख



ताप्लेजुङ, असार १० गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आर्थिक वर्ष २०८३—८४ का लागि ६० करोड ४२ लाख ९ हजार ५ सय ४० रुपैयाँ बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न गाउँसभामा मार्फत पालिका उपाध्यक्ष डा. चित्र मावो (लिम्बू)ले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत बजेटमध्ये चालुतर्फ ३७ करोड २९ लाख २५ हजार ५ सय ४५ रुपैयाँ र पुँजीगततर्फ २३ करोड १२ लाख ८३ हजार ९ सय ९५ रुपैयाँ विनियोजन गरिएको छ । यस्तै “हाम्रो सिरिजङ्घा, सबैको गौरव” भन्ने नारालाई आत्मसात गर्दै खेलकुद र पर्यटन प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखिएको छ ।

साथै कञ्चनजंघा अल्ट्रा म्याराथन आयोजना गरी कम्तीमा २ हजार ५ सय आन्तरिक तथा बाह्य पर्यटक गाउँपालिका क्षेत्रमा भित्र्याउने लक्ष्य लिइएको छ । पालिकामा निर्माणाधीन १० शैयाको अस्पतालको निर्माण कार्य सम्पन्न गरी तत्काल सञ्चालनमा ल्याइने उल्लेख छ ।

ज्येष्ठ नागरिक लक्षित ‘सिरिजङ्घा दन्त उपहार कार्यक्रम’ र प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा सञ्चालन हुँदै आएको निःशुल्क पोष्टमार्टम सेवालाई आगामी वर्ष पनि निरन्तरता दिइनेछ । विद्यालय तहदेखि नै खेलकुदलाई प्राथमिकता दिँदै खेल प्रशिक्षक राख्ने व्यवस्था यथावत् राखिने भएको छ । कक्षा ४ देखि ९ सम्मका विद्यालयको वार्षिक परीक्षा पालिकाकै खर्च र नियमनमा सञ्चालन गरिने प्रावधान समेत गरिएको छ ।

प्रकाशित मिति : 9:30 pm

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित