आठराई त्रिवेणीको बजेट ५१ करोड ५८ लाख



ताप्लेजुङ, असार १० गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८३—८४ का लागि ५१ करोड ५८ लाख ६८ हजार १३४ रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन)को अनुमतिमा उपाध्यक्ष शान्ताकुमारी आङबुहाङले गाउँसभाको बजेट अधिवेशन मार्फत उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

उपाध्यक्ष आङबुहाङले प्रस्तुत गर्नुभएको बजेटमध्ये चालुतर्फ ३३ करोड ७१ लाख ९८ हजार १ सय ३४ रुपैयाँ र पुँजीगततर्फ १७ करोड ८६ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेटले शिक्षा, स्वास्थ्य, कृषि, विद्युत तथा दिगो पूर्वाधारलाई समृद्धि यात्राको मुख्य आधारका रूपमा अघि सारेको छ ।

यस्तै आगामी आर्थिक वर्षका लागि राजस्व परिचालनसम्बन्धी नीति तथा कार्यक्रम पनि सभामा प्रस्तुत गरिएको छ । राजस्व नीति तय गर्दा सरोकारवालाहरूसँगको समन्वयमा करको दायरा र क्षेत्र विस्तार गर्ने, राजस्व प्रशासनलाई प्रविधिमैत्री बनाउने तथा प्रत्यक्ष संलग्न जनशक्तिको क्षमता विकास गर्ने नीति अवलम्बन गरिने उपाध्यक्ष आङबुहाङको भनाइ छ ।

गाउँपालिकाले “समृद्ध आठराई त्रिवेणी निर्माणको दरिलो आधार शिक्षा, स्वास्थ्य, कृषि, विद्युत र दिगो पूर्वाधार” भन्ने दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राख्दै नीति तथा कार्यक्रम अघि बढाइएको जनाएको छ ।

प्रकाशित मिति : 9:23 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी